• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

धरानमा मर्निङवाक गर्ने १ सय ६३ जना प्रहरी नियन्त्रणमा, २ घण्टा ‘काेराेना क्लास’ लिई छोडिए


सुभाय् संवाददाताApril 11, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

धरान /धरान प्रहरीले लकडाउनको उल्लङ्घन गरी मर्निङवाक गर्नेहरूलाई आज नियन्त्रणमा लिएको छ ।बिहान झिसमिसे देखिनै नै मर्निङवाक गर्ने १ सय ६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई धरान १२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा पुर्‍याएर २ घण्टापछि लकडाउन उल्लङ्घन नगर्ने सर्तमा छाडिएको थियो।
धरानमा लकडाउन व्यापक उल्लङ्घन भइरहेको भन्दै प्रहरीले हिजो शुक्रवार देखि कडाइ गरेको हो । शुक्रवार साँझ मात्रै १ सय बढीलाई नियन्त्रणमा लिएर छाडेको थियो ।धरानका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएर पब्लिक हाई स्कुलको खेलमैदानमा प्रहरीले ल्याई पुर्‍याएका सर्वसाधरणहरुलाई दुई घण्टा खेलमैदानमा राखेर कोरोना भाइरस सम्बन्धी जानकारी दिएर छाड्ने गरेको छ । यो अभियान लकडाउन भरी जारी रहने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले कोरोना भाइरसको जोखिम र यसबारेमा जानकारी दिने गरेका छन् ।
लकडाउन उल्लङ्घन गर्ने सर्वसाधारणलाई घर जान दिइए पनि प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन भने लकडाउन पछि मात्रै फिर्ता दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।
कोरोना भाइरसको जोखिमका कारण नेपाल सरकारले गएको चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको हो ।लकडाउनमा सार्वजनिक स्थल, र भिडभाडमा हिडन पाइँदैन । लकडाउनको बेलामा सवारी साधन पनि चलाउन पाइँदैन । अत्यावश्यक काम पर्दा प्रहरीलाई खबर गरेर मात्रै बाहिर निस्कनुपर्नेमा धरानका विभिन्न स्थानमा बिहान मर्निङवाक र साँझ इभिनिङवाक सँगै बजार क्षेत्र र धरान आसपासका क्षेत्रमा व्यापक लकडाउन उल्लङ्घन भएपछि धरान प्रहरीले लकडाउनलाई कडा पार्न थालेको प्रहरीले बताएको छ ।अब लकडाउन उल्लङ्घन गरे हरेक दिन पब्लिक स्कुलको खेलमैदानमा सर्वसाधारणलाई नियन्त्रणमा लिनेछ । आज शनिवार देखि लकडाउन उल्लङ्घन भएका क्षेत्रहरूमा व्यापक प्रहरी परिचालन गर्ने लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने प्रहरीले बताएको छ ।
लकडाउनमा समातिएका गाडी भने लकडाउन सकिएपछिमात्र फिर्ता गर्ने प्रहरीले जनाएको छ ।
(कर्पुरीन्युजको सहयोगमा)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑