पट्ना/भारत बिहार राज्यको सीवान रघुनाथपुरस्थित पंजवार गाउँमा बसोबास गर्ने एकै परिवारका ११ जना सदस्यमा कोरोना पोजिटिव देखिएपछि निकै तनाव देखिएको छ । ओमानबाट फर्केका एक सदस्यका कारण परिवारमा कोरोनाको संक्रमण भएको बताइएको छ ।
सीवानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नीतीश कुमारको प्रदेश सरकार पनि सक्रिय भएको र लकडाउनलाई कडा बनाउन आदेश दिएको बताइएको छ ।
त्यहाँको प्रशासनले सम्पर्कमा आएका ब्यक्तिको खोजी सुरु गरेको बताइएको छ ।
यसैबीच पंजवारको स्थितिलाई हेरेर सीवानका डीएम अमित कुमार पांडेयले कडाइका लागि सबै अधिकारीसँग कुरा गरेको र गाउँमा ड्रोन क्यामराले निगरानी राखिरहेको बताइएको छ । त्यस गाउँका करीब १०० जनालाई स्थानीय जवाहर नवोदय विद्यालयमा क्वारनटाइनमा राखिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गाउँ नैं त्रासपूर्ण बनेको छ ।
बिहार नेपालसँग सीमा जोडिएको राज्य हो । नेपाल भारत सीमामा यो समय घुसपैठ रोक्न सबै किसिमको शक्ति प्रयोग गर्नुपर्ने देखिन्छ । त्यस क्षेत्रबाट कोरोना नेपाल भित्रिन सक्ने संभावनाप्रति सजग रहनुपर्ने देखिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५