काठमाडौं बाहिर जान दिन भोलि र पर्सि दुई दिन खुला गर्ने निर्णय
सुभाय् संवाददाताApril 9, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १४ मिनेट
काठमाडौं बाहिर जान दिन दुई दिन खुला गर्ने विषयमा छलफल, निर्णय हुन बाँकी
काठमाडौं / सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहनेलाई भोलि र पर्सि दुई दिन खुला गर्ने निर्णय गरेकोे छ ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण तथा रोकथाम उच्चस्तरीय समितिमा भोलि र पर्सि दुई दिन खुला गरी के कसरी जान दिने भन्ने मोडालिटीमा छलफल भई निर्णय भएको समिति सम्बद्ध स्रोतले बताएकाे छ ।
राजधानीबाट धेरै मजदुर तथा निम्न आय भएका व्यक्ति हिँडेरै बाहिर जान थालेपछि समितिले यो निर्णय गर्ने तयारी गरेको हो ।
यो निर्णयलाई काठमाडौं उपत्यकाबासीहरुले पनि स्वागत गरेको छ ।