नयाँदिल्ली / भारतमा कोरोना महामारी संक्रमणको बेला आत्मविश्वास बलियो बनाउने अभियानको रुपमा प्रकाश पर्व मनाइयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान अनुसार भारतभरि जनताहरुले बिजुली बत्ती निभाएर दियो , टर्च ,मैनबत्ती बालेर यसरी कोरोनाबिरुद्ध संघर्ष गर्ने संकल्प गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो निवासमा दियो बालेको तस्वीर ट्विटरमा पोस्ट गर्दै प्रकाश पर्वलाई लिएर केही धार्मिक श्लोक पनि लेेेख्न भ्याएका थिए उनले ।
आज आइतबार बेलुकी ९ बजेदेखि ९ मिनेटको लागि आह्वान गरिएको यो दीप प्रज्वलन कार्यक्रम भारतका विभिन्न ठाउँमा घन्टौसम्म चलिरहेको खबर छ ।
भारतमा कोरोना संक्रमण बढ्दै जाँदा यसरी देश एकजुट भएर कोरोना विरुद्ध लड्ने यसप्रकारको कार्यक्रमले सबैमा आत्मविश्वास बढाउने विश्वास गरिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५