• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ?


सुभाय् संवाददाता April 4, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

यौन सम्पर्कका कारण कोरोना भाइरस संक्रमण सर्न सर्छ  कि सर्दैन यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ।
यस विषयमा जानकारी गराउन बिबीसी रेडियो वनको न्यूजबीटले  कार्ययक्रम प्रशारण गरेको थियोे जसमा यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्सले विज्ञ चिकित्सक डा. एलेक्स जर्जलाई यस विषमा कुराकानी गरेका  थिए ।
पढ्नुहोस् उहाँहरुबीचको कुराकानी –
के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ?
डा. एलेक्स जर्ज: यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।
एलिक्स फक्स: आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।
नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ?
डा. एलेक्स जर्ज: म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ।
एलिक्स फक्स: के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।
पहिले मैले कन्डम प्रयोग गरेको थिइनँ। के अब गर्नुपर्ला?
एलिक्स फक्स: यसको उत्तर तपाईँ किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ।
यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय – जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनुभएको हो भने अब कन्डम लगाउनु नै उचित होला।
के यौनाङ्ग छोएका कारण कोरोनाभाइरस सर्छ?
डा. एलेक्स जर्ज: यदि तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ।
मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ।
स्रोत :बिबिसी

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑