काठमाडौँ- धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन्।
बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ। धनगढीमा दुबईबाट दिल्ली हुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
यसअघि कोरोना भाइरसको संक्रमण भएका सबै केसहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए।
बाहिर नगएकी महिलालाई पहिलोपटक नेपालमा कोरोना भाइरसको संंक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार कैलालीका दुई र कञ्चनपुरका एकमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो।
साभार -सञ्चार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५