काठमाडौं / आयु आरोग्य, सुस्वास्थ्य प्रदान गर्ने देवताको रुपमा परिचीत काठमाडौं उपत्यकाका ४ प्रसिद्ध करुणामयहरुमध्ये एक रहेका च्वबाहा: करुणामय आदिनाथ लोकेश्वरलाई आज दशकर्म पूजा पछि मूल मन्दिरमा पुन: प्रतिस्थापन गरियो ।
किर्तिपूर नगर पालिकाको च्वबाहा(चोभार) अवस्थित आदिनाथ लोकेश्वरको न्हवं अर्थात महास्नान गत चैत ११ गते चैत शुक्ल प्रतिपदाको दिन गरिएको थियो ।
महास्नानपछि लोकेश्वरलाई विधिपूर्वक रंगरोगन गरिन्छ । र अन्त्यमा वज्रयान विधि अनुसार दशकर्म पूजा गरिन्छ । यसमा विभिन्न चरणको काममा नेवार समाजका विभिन्न जात विशेषको मूल भूमिका हुन्छ । विशेष गरेर बज्राचार्य गुरुजु पुरोहित , स्थानीय द्य:पा:ला: शाक्य गुरुजु, नेकूजुको यस महास्नानमा महत्त्वपूर्ण भूमिका हुन्छ । यसपालि लकडाउनको अवस्थामा पूजाको लागि आवश्यक व्यक्तिमात्र बसेर यसप्रकारको उपासक उपासिकाहरुको भीड हुने जात्रा सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो ।
फोटो : न्हुछे नेमकुल
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५