महर्जन रत्न
एकाबिहानै एक महिलाले मेसेन्जरमा मेसेज पठाइ
– मलाई लैजाने हो ?
– कहाँ ?
– कहाँ नि , तिमीसँग लिएर जाने हो भनेको नि!
– के भन्छ हो ?
– म सबै सामान pack गरेर रेडी भएर बसेकी छु ।
जानू तिमी मलाई माया गर्दैनौ र!
– अलि बिचार गर्नुस् । मेसेज एकजनालाई गर्नुपर्ने अन्तै परे जस्तो छ ।
– कस्तो लाछी होला ? स्वास्नीमान्छेले भागाउनु भनेर आमन्त्रण गर्दैछ उ भने हेर न !
– मेरो छोरोको बिहे गर्ने उमेर हो यो ।
– मै लिएर जाउँ त तिमीलाई उडाएर ?
– अपहरण गर्ने सुर छ कि कसो ?
– अपहरण हैन बुद्धू तपाईं अप्रिल फूल बन्दै हुनुहुन्छ ।
……….
मेसेन्जर अफलाइन
अपरिचित महिलासितको अप्रिल फर्स्टको कथा
कथा त सकियो तर त्यो कथाले बारम्बार झस्काउन छोडेको छैन !
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५