• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 20, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

लकडाउन उलंघन नगर्न नगरबासीलाई मेयर बिद्यासुन्दर शाक्यको अपिल


सुभाय् संवाददाताApril 2, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौं / लकडाउन छिटफुट रुपमा उलंघन हुन थालेपछि काठमाडौं महानगर पालिकाका मेयरले नगरबासीको नाममा घरमै बस्न फेरि आज एक अपील जारी गरेका छन् । अपील जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।
मेयर बिद्यासुन्दर शाक्यद्वारा जारी अपिल
महामारीका रूपमा विश्वभरि फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको विषयमा काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको छ । कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्ने भएकोले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना संक्रमण विरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पुर्‍याइ दिनुहुन सम्पूर्ण महानगरवासीमा पुनः एक पटक हार्दिक अपिल गर्दछु ।
अमेरिका लगायत युरोपका केही ठूला र विकसित देशहरूमा अहिले महामारीका रूपमा संक्रमण फैलिनुको एक मात्र कारण सरकारद्वारा घोषित ‘लकडाउन’ को अपहेलना र वेवास्ता गर्नुले नै हो भन्ने निष्कर्ष निस्किसकेकोले हामी अझ बढी सचेत र सतर्क हुनु आवश्यक रहेकाले यसतर्फ सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।
नेपाल सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसको लागि स्थानीय निकायले लगत संकलन कार्य अघि बढाइएको छ । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कामपा कोरोना भाइरस (कोभिड – १९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ । जसअनुसार ‘असहाय’ भन्नाले अभिभावक नभएका, आयश्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित व्यक्तिलाई बुझाउँछ । त्यस्तै ‘अति विपन्न’ भन्नाले आम्दानीको स्थायी श्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने जसलाई सम्बन्धित वडाले अति विपन्न हो भनी सिफारिस गरेका व्यक्ति वा परिवार बुझिन्छ भने ‘दैनिक ज्यालादारीमा काम गर्ने’ भन्नाले कामपा भित्र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरलाई बुझाउँछ । काठमाडौं महानगरपालिकाले संकटमा परेका यी वर्गका लागि मात्रै राहत उपलब्ध गराउने भएकाले यो परिभाषा भित्र नपरेका अन्य व्यक्ति एवं परिवारले राहत सामग्री नलिइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु ।
राहत सामग्री लिने र दिने व्यक्ति र संस्थाले पनि राहत वितरण गर्दाको समयमा पटक्कै भीडभाड नगरी शान्त एवं सभ्य तरिकाले ग्रहण र वितरण गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु । महानगरभित्र सक्रिय संघ, संस्था, क्लब, गुठी आदि जस्ता निकायहरूले आफ्नै श्रोतबाट राहतजन्य कुनै कार्य गर्न लागेको छ भने वडा कार्यालयहरूसँगको समन्वयमा मात्र सम्पन्न गर्न पनि अनुरोध गर्दछु ।
भीडभाडबाट नै कोरोना संक्रमण गुणात्मक रूपले फैलिने भएकोले घरबाट बाहिर नआई सम्भव भएसम्म अनलाइन मार्फत आवश्यक सामग्रीहरू खरिद गर्न पनि नगरवासीहरूलाई हार्दिक अनुरोध गर्दछु ।
लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि महानगरपालिकाको टोल फ्री नं. ११८०, महानगर प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरूको निम्न फोन नम्बरहरू खुला रहने जानकारी समेत अवगत गराउन चाहन्छु ।
विद्यासुन्दर शाक्य , प्रमुख – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ , उपप्रमुख – ९८५१२७९८९९
राजेश्वर ज्ञवाली, निमित्त कार्यकारी प्रमुख – ९८५१२१०७४२
वडा अध्यक्षहरू ः
१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१
२) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३
४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५
६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७
८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण श्रेष्ठ – ९८५१२७९९०९
१०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११
१२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५
१६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९
२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५
२६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७
२८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९
३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१
३२) नवराज पराजुली – ९८५१२७९९३२
कार्यपालिका सदस्यहरू ः
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१
रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३
कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५
पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७
प्रेम पोडे पुजारी – ९८५१२७९९५८
विद्यासुन्दर शाक्य
प्रमुख
काठमाडौं महानगरपालिका
मिति : २० चैत्र, २०७६

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑