March, 2020
एसियाका धनी व्यक्ति “ज्याक मा”ले कोरोना महामारीसँग लड्न नेपाल लगायत १० देशलाई टेस्टिङ कीट , मास्क, भेन्टिलेटर दिने
Maharjan Ratna
विश्वभर फैलिरहेको कोरोना भाइरससँग लड्न एसियाका धनी व्यक्ति अलिबाबाका संस्थापक चीनिया नागरिक “ज्याक मा”ले नेपाल लगायत १० देशलाई मास्क, टेस्टिङ किट र भेन्टिलेटर दिने भएका छन् । ज्याकले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मो्मिटर उपलब्ध गराउने भएका हुन् । नेपाल, श्रीलंका, अफगानिस्तान, म्यानमार, बंगलादेश, मंगोलिया, माल्दिभ्स, , कम्बोडिया, पाकिस्तान र लाओसलाई सहयोग गर्ने उनले ट्विटरबाट जानकारी दिएका छन् । उनले उक्त सहयोग डेलभरी गर्न सहज नभए पनि छिटो भन्दा छिटो उपलब्ध गराउने बताएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार ज्याकले