• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

क्षेत्रपाटी निशुल्क चिकित्सालयको आकस्मिक सेवा संचालनमा


सुभाय् संवाददाताMarch 31, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

करिव पुरा विश्व नै कोरोना भाइरस कोभिड १९ को चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । वर्तमान परिवेशमा सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउँदै संक्रमणबाट बच्नको लागि अस्पताललाई पनि नियमित सेवा सुचारु गर्न समस्या भइरहेको अवस्था छ ।
अन्य समयमा जस्तै नियमित स्वास्थ्य समस्या लिएर आउने विरामीलाई पनि संक्रमणबाट बचाइराख्न विगतमा जस्तै अस्पताल आउन दिन सकेको छैन ।
यस्तै परिवेशमा काठमाडौंको भित्री बस्तीमा क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले पनि हाल इमरजेन्सी सेवा मात्र संचालन गरिरहेको छ ।
इमरजेन्सीमा आउने बिरामीलाई सिधै कक्षमा नलिइ अस्पताल बाहिरै हात धुने व्यवस्था गरिएको छ भने गेटमै स्यानिटाइजर दिइन्छ । त्यसपछि थर्मोगनले ज्वरो नापेर ज्वरो नभएका विरामीलाई मात्र इमरजेन्सी कक्षमा प्रवेश गर्न दिइएको छ ।
अनिवार्य मास्क लगाएर आउनको लागि गेटैमा सूचना टाँस गरिएको छ भने मास्क नभएकाको लागि अस्पतालले नै गेटमा निःशुक्ल मास्क उपलब्ध गराउने गरेको छ ।
ज्वरो देखिएका विरामीलाई अलग्गै टेन्टमा चेकजाँच गर्ने गरिएको छ भने आवश्यकताको आधारमा रिफर गर्ने गरिएको छ ।
कुनै पनि प्रकारको रोग वा संक्रमण अन्य विरामीमा नसरोस् भन्ने तर्फ आफुहरु निकै सतर्क रहेको अस्पताल संचालक समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भन्नुभयो ।
ज्वरोका बिरामी त्यहाँबाट गएको आधा घण्टाभित्रमा टेन्टमा स्प्रे गरेर डिसइनफेक्ट गर्ने गरिएको अध्यक्ष डा. श्रेष्ठले बताउनुभयो ।
साथै, अस्पतालमा कार्यरत डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य सुरक्षामा पनि आफुहरु निकै सतर्क रहेको डा. श्रेष्ठको भनाई छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गुणस्तरीय पिपिइ उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो ।
डा. श्रेष्ठको भनाई अनुसार स्वास्थ्यकर्मीलाई घरमा लिन जाने र पुर्याउन जाने व्यवस्था गरिएको छ भने बाहिर पुगेर अस्पताल आएको गाडी तुरन्तै पखाली डिसइनफेक्ट गर्ने गरिएको छ ।
साथमा विरामी ल्याउने एम्बुलेन्सलाई पनि हरेक पटक पखालेर डिसइनफेक्ट गर्ने गरिएको उनको भनाई छ ।
यसको साथै ड्यूटि अफ भएर घर फर्किने स्वास्थयकर्मीलाई अस्पतालमै नुहाउन दिएर मात्रै पठाउने गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
यसै बीच काठमाडौंमा कसैलाई केही स्वास्थ्य समस्या भएमा आफुलाई निर्धक्क फोन गर्नलाई डा.श्रेष्ठले आग्रह गर्नुभयो । साथै, अन्य स्वास्थ्य समस्याको लागि पनि फोनबाटै आवश्यक सल्लाह सुझावसहित सेवा दिने व्यवस्था गरिएको भन्दै सम्वन्धित चिकित्सकको फोन नम्बरहरु पनि डा.श्रेष्ठले सार्वजनिक गर्नुभएको छ ।
अध्यक्ष डा. मनोजमान श्रेष्ठ ९८५१२७६८८८
नाक, कान, घाँटी ९८५१०१७५३७, ९८४१४८२४६९
आँखा ९८४१२२६६४४, ९८५१०४३१८४
बालरोग ९८४१२०३४४५, ९८४१३९९३९०
सर्जरी ९८६४२९७८५९
हाडजोर्नी तथा नशा ९८४३०२८२३७, ९८४१२५४७०९
स्त्री रोग ९८४१२२१४७६, ९८०८०९४७८०
दाँत ९८४१२३००९५
फिजिसियन ९८४१४७५२३८
मधुमेह तथा थाइराईड ९८१८४१४११०
साभार

सम्बन्धित पोस्ट
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • साँखुमा सञ्चालित पत्रकारिता तालिम अन्तिम चरणमा
  • रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
  • कात्तिकेमा स्कुल बस दुर्घटना तीनजनाको मृत्यु, ४० घाइते
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑