• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काठमाडौं महानगरले राहत वितरण गर्ने , क्वारेन्टाइनको निम्ति भौतिक पूर्वाधार बनाउन तयार !


फोटो - फाइल
सुभाय् संवाददाताMarch 28, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / काठमाडौं महानगरले नगरबासीलाई राहत बितरण गर्ने भएको छ। चैत १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजना गरेको भाइरस संक्रमण व्यवस्थापन नियन्त्रण, राहत तथा सहयोगका लागि एकीकृत र समन्वयात्मक योजना बिषयक छलफलमा बोल्दै मेयर विद्यासुन्दर शाक्यले कोहि भोकै नरहुन्  भनी महानगर पालिकाले राहत वितरण गर्न  लागेको  तथा  काठमाडौंमा कोरोना नियन्त्रण तथा रोकथाम, राहत र सहयोगका कार्यक्रममा प्रत्येक वडालाई जिम्मेवारी दिईने अर्थात वडाको एक द्वार निति अपनाइ सहयोग  कार्य अगाडि बढाउने बताए ।
“सहरमा भएका कोही पनि भोकै नपरुन् भनेर हामीले वडामार्फत बेरोजगारको तथ्याङ्क संकलन गरिरहेका छौं । हामी कसैलाई पनि भोकै हुन दिँदैनौं” , उनले भने “कोरोना संक्रमण, रोकथाम, राहत तथा सहयोग वितरणका कार्यक्रम सबै वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एउटै ढोकाबाट मात्र गर्ने व्यवस्था मिलाएका छौं ।’छलफल कार्यक्रममा बोल्दै मेयर शाक्य शाक्यले भने ।
त्यसैगरी विश्वको महामारी कोरोना भाइरस कोविद-१९ फैलन नदिन क्वारेन्टाइनकालागि भौतिक पूर्वाधार तयार पार्न काठमाडौं महानगर पालिका तयार रहेको क्वारेन्टाइनको निम्ति आवश्यक जनशक्ति भने सरकारबाट दिनुपर्ने उनको धारणा रहेको थियो ।
आफूसँग पर्याप्त स्वास्थ्य जनशक्ति नभएकोले संघ सरकारसँग जनशक्ति उपलब्ध गराउन आग्रह गर्नुपरेको उनले बताए ।
फ़ोहोर व्यवस्थापनको सवालमा बोल्दै मेयर शाक्यले भने केही प्राबिधिक कारणले ल्याण्डफिल साइट जान नसकेको फोहोर आजबाट जान थालेको छ । ” जनजीवन सहज बनाउन खाद्यान्न पसल सञ्चालन गर्न आवश्यक छ । यसको दिगो व्यवस्थापनको निम्ति प्रयास भइरहेको पनि उनले बताए ।
छलफल कार्यक्रममा लकडाउनको समयमा मानिसहरू घर बाहिर आइरहेको बारे पनि छलफल भएको थियो । यसलाई अझ प्रभावकारी बनाइने बताइएको छ ।
नागरिकलाई आवश्यक पर्ने खाद्यान्नलगायतका सुबिधा सकेसम्म घरमै पुर्‍याउन प्रयास गर्ने छलफलको जोड थियो । बिहान बेलुका केही समयका लागि मात्र पसल खोल्दा भीड झन धेरै हुने भएपछि बिकल्पमा व्यवस्थापन गर्नुपर्ने प्रदेश सभा सदस्यहरुको सुझाव दिएका थिए ।
चैत १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले आयोजना गरेको भाइरस संक्रमण व्यवस्थापन नियन्त्रण, राहत तथा सहयोगका लागि एकीकृत र समन्वयात्मक योजना बिषयक छलफल कार्यक्रममा संघीय ,प्रदेश सांसदहरु तथा सुरक्षा निकायका पदाधिकारीहरु, वडा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
महानगरले कोरोना नियन्त्रणको लागि यसभन्दा अगाडि नैं कोष बनाइसकेको छ । मातहतका वडाहरुलाई सक्रिय बनाएको र तथ्याङ्क संकलन गर्ने काम शुरु भइसकेको बताइएको छ । यसले महानगरमा संक्रमण न्यूनीकरण गर्न राम्रो काम गर्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑