विश्वभर फैलिरहेको कोरोना भाइरससँग लड्न एसियाका धनी व्यक्ति अलिबाबाका संस्थापक चीनिया नागरिक “ज्याक मा”ले नेपाल लगायत १० देशलाई मास्क, टेस्टिङ किट र भेन्टिलेटर दिने भएका छन् ।
ज्याकले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मो्मिटर उपलब्ध गराउने भएका हुन् । नेपाल, श्रीलंका, अफगानिस्तान, म्यानमार, बंगलादेश, मंगोलिया, माल्दिभ्स, , कम्बोडिया, पाकिस्तान र लाओसलाई सहयोग गर्ने उनले ट्विटरबाट जानकारी दिएका छन् ।
उनले उक्त सहयोग डेलभरी गर्न सहज नभए पनि छिटो भन्दा छिटो उपलब्ध गराउने बताएका छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार ज्याकले यसभन्दा अगाडि अमेरिका क्यानाडा लगायत देशलाई ५ लाख कीट र १० लाख मास्क सहयोग गर्ने घोषणा गरिसकेका छन् ।बुद्ध धर्ममा दान पारमिताको ठूलो महत्व रहेको उल्लेख छ । आपतकालको उनको यो सहयोग (दान कार्य )सदैव स्मरणीय रहने छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५