काठमाडौँ – कोरोना भाइरसबारे अफवाह फैलाउन सामाजिक सञ्जालमा प्रयोग गरिएको अडियोबारे नेपाल प्रहरीले अनुसन्धान थालेको छ। उक्त अडियो ‘फेक’ रहेकोले भ्रममा नपर्न र आतंकित नहुन पनि प्रहरीले आग्रह गरेको छ।
सामाजिक सञ्जालमा भाइरल बनेको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको र त्यसमध्ये ६ जनामा पोजेटिभ अर्थात कोरोना संक्रमण रहेको रिपोर्ट आएको दाबी गरिएको छ। नर्भिक अस्पतालको ठेगाना भने उक्त अस्पतालमा पुल्चोक भनी उल्लेख गरिएको छ।
नर्भिक अस्पताल र नेपाल प्रहरीले भने यो दाबीको खण्डन गरेका छन् । नर्भिक अस्पतालले भ्रामक र नियतबस गरिएको प्रचारकाविरुद्ध प्रहरी र स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको बताएको छ।
‘यो अत्यन्तै भ्रामक न्यूज हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । यस विषयलाई हामीले प्रहरी तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौँ । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौँ’, नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले ट्विट गरेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५