जनकपुरधाम/ प्रदेश २ को स्थायी राजधानीका लागि निर्वाचन सुरु भएको छ ।
प्रदेशको स्थायी राजधानी जनकपुरधाम (जनकपुर मिथिला माध्यमिक परिक्रमा, ढल्केबर पूर्व पश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजा) को लागि निर्वाचन शुरु भएको छ।
सत्यनारायण मण्डल, राम सरोज यादव, परमेश्वर साह प्रस्तावक रहेको जनकपुरधाममा दुई तिहाइ मत आयो भने जनकपुरधामलाई स्थायी राजधानी घोषणा गरिने नभए प्रदेशको राजधानीको लागि दर्ता भएको वीरगञ्जको लागि निर्वाचन हुन्छ। यसभन्दा पहिले नामाकरणको लागि भएको निर्वाचनमा प्रस्तावित चार वटै नाममा दुई तिहाइ मत नआएपछि सबै प्रस्ताव अस्वीकृत भएको हो। नामाकरणको लागि जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, मध्य मधेश प्रदेश र मधेश प्रदेश प्रस्ताव दर्ता भएको थियो।
source : deshsanchar
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५