• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

इमेज च्यानलले नेपाल भाषाकाे समाचार बन्दकाे सवालमा पुनर्विचार गर्न अपिल


सुभाय् संवाददाताMarch 12, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले ईमेज च्यानलमा बन्द गरेको नेपालभाषाको समाचार बुलेटिनको सवालमा पुनर्विचार गर्न माग गरेको छ । दबूका महासचिव सुनिल महर्जनले एक विज्ञप्ति जारी गरि सो माग गरेको हो । विहिवार फागुन २९ गते जारी गरेको विज्ञप्तिमा ईमेज च्यानल टेलिभिजनबाट दुई दशकदेखि हरेक दिन राती १०ः१५ बजे प्रशारण हुँदै आएको नेपालभाषाको समाचार बुलेटिन यहि चैत १ गतेदेखि बन्द हुने निर्णयप्रति यस नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘नेपाल एक बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यो तथ्यलाई नेपालको संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको छ । संविधानको यहि मर्म अनुरुप नेपालको सञ्चार क्षेत्रमा वर्ग, क्षेत्र र भाषा संस्कृतिका जनताका आवाज मुखरित गर्नुपर्ने आजको आवश्यकता हो । यहि आवश्यकता सम्बोधन गर्न मातृभाषाको पत्रकारिताको अत्यन्त महत्वपूर्ण भूमिका रहेको छ । नेपालको संविधानले पनि नेपालमा बोलिने सबै भाषालाई राष्ट्र भाषा हुन् भनेर स्वीकार गरेको अवस्थामा मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नु सञ्चार क्षेत्रको दायित्व हो । यस परिप्रेक्ष्यमा ईमेज च्यानलले विभिन्न राष्ट्र भाषामा समाचार बुलेटिन प्रशारण गरेर यस क्षेत्रमा मुलुककै उदाहरणीय टेलिभिजन हुनेतर्फ सोच परिलक्षित गर्नुपर्नेमा उल्टै रातीको नेपालभाषाको समाचार बुलेटिन बन्द गर्ने निर्णय गर्नु सर्वथा अनपेक्षित कार्य हो । यस कार्यले सम्बन्धित भाषाको ठूलो हिस्सामा रहेका दर्शकहरुलाई मात्र नभई समावेशी सञ्चारका लागि क्रियाशील सबैलाई गम्भीर बनाएको छ । सो समाचार बुलेटिन नेपाली सञ्चार क्षेत्र समावेशी बनाउने कोणबाट पनि अत्यन्त महत्व रहेकोमा यस निर्णयले ईमेज च्यानल आफ्नो गौरवमय इतिहास र समावेशिताको मानकबाट पछि हट्न खोजेको संकेतको रुपमा हामीले लिएका छौं । अतः देशभरका नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको एक घटक संगठनका रुपमा रहेको यस पत्रकार राष्ट्रिय दबू सो निर्णयप्रति पुनर्विचार गरियोस् भनेर जोडदार अपिल गर्दछौं ।’

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑