• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

परंरागत रूपमा गुरुंमापालाई भात खुवाइने पर्व सम्पन्न !


सुभाय् संवाददाता March 10, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / हरेक फागु पूर्णिमाको रातिजस्तै हिजो पूर्णिमाको राति पनि काठमाडौंको टुंडिखेलमा “गुरुंमापायात जा नकेगु पर्व”(गुरुंमापालाई भुजा चढाउने पर्व ) सम्पन्न गरियो ।
यसका निम्ति किलाग: त्वा:को ज्यापु (महर्जन) गुथिबाट काठमाडौंको इतु‌ंबहालस्थित श्री केशचन्द्रकृत पारावर्त महाविहारमा गुरुमापालाई भात खुवाउन भुतुक्यब्वमा सधैं झैं एक मुरी चामलको भात पकाएकाे थियाे । यसरी पकाएको भातलाई दुइटा  बेतको भाडोमा राकिन्छ जसलाई पिचा भनिन्छ । दुई पिचामध्ये एकमा  ५ पाथी र अर्काेमा १५ पाथी भात राखिन्छ । यसरी राखिएको असन्तुलित तौलको भारी नोलमा बाँधेर काँधमा जसले  बोकेर महाविहारकाे प्रा‌ंगणमा  सजिलै  हिँड्न सक्छ त्यही व्यक्तिले यो भारी बोक्न सक्ने प्रावधान रहेको छ । उसले परम्परागत रुट पार गर्दै किलागल भेडासिंह हुँदै नयाँ सडक गेटनिरकाे गणेश मन्दिरसम्म कहीं नबिसाइ बाेकेर लानुपर्ने परम्परा रहेको  छ । यो एक किसिमको बल र कला परिक्षण पनि हो । यसपटक किलागलका ६६ वर्षीय  देवरत्न महर्जन (ग्वारा दाजु)ले गुरुमापालाई भात खुवाउन लानु पर्ने पिचा बाेक्न सफल भए । पिचा बाेक्न किलागलका धेरै युवाहरुले पनि प्रयास गरेका थिए । तर सकेनन् । देवरत्न महर्जन पनि पहिलाे प्रयासमा असफल भए तर उनी दाेश्राे प्रयासमा सफल भए र पिचा बोकेर हिंडे ।
नयाँ सडककाे पिपलबाेटमुनि त्यस पिचाको भातको केही अंश राखी पुजा गरेपछि पुनः बाटाेमा भात चढाउँँदै तिंख्य(टुंंडिखेल)को बिचमा पुुुर्‍याइन्छ । हिजो पनि त्यसैगरी लगिएकाे थियाे । त्यहाँ पनि विशेष किसिमले  बीचमा भात राखि पुजा गरेेेपछि मासकाे दाल र राँगाकाे मासु भातमा चढाइएकाे थियाे । पुजा सम्पन्न भएपछि गुठियार तथा त्यहाँ भेला भएका सबैलाई  प्रसादका रुपमा भात खुवाइएकाे थियाे । यसरी गुरुमापालाई भात खुवाउन जाने जात्रामा नायखिं बाजा बजाएर लैैैजाने  चलन रहेको छ । यो पर्व काठमाडौंका नेवार समुदायमाझ “गुरुमापायात जा नकेगु”नाम
ले प्रसिद्दध छ ।

यसपटक “गुरुमापायात जा नकेगु” जात्रामा टुंडिखेलको मूल गेट सेनाले बन्द गरेका कारण भित्र प्रवेश गर्न नपाएपछि केही बेर तनाव पनि भएको थियो ।
फोटो :रेखा शाक्य

सम्बन्धित पोस्ट
  • काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑