काठमाडौं /गुरुंमापा र काठमाडौं उपत्यकाको इतुंबहालस्थित केशचन्द्र आजुको सम्बन्धलाई लिएर परम्परादेखि चली आएको “गुरुंमापायात जा नकेगु” अर्थात गुरुंमापालाई भुजा चढाउने पर्वमा सेनाले टुडिखेलको ढोका बन्द गरी अवरोध पुर्याएपछि केही समयको लागि जात्रालाई अवरुद्ध भएको छ ।
सधै झैं होलि पूर्णिमाको दिन किलागलको महर्जन समुदायको गुठीले एक मुरी चामलको भात र अन्य वस्तुको भारी बनाई बोकेर त्यहाँ जात्रा गरि ल्याइ पुर्याउँदा ढोका बन्द पायो । टुंडिखेलको बीचमा रहेको याक: सिमा अर्थात एकल रुखमा गुरुमापा बस्ने धारणा रहेको छ र त्यही यो भुजा चढाउने गरिन्छ । नेवार आदिभूमिमा बस्ने सेनाले नेवार संस्कृति पर्व बारे जानकारी नराख्नु अमूर्त सम्पदामाथिको प्रहार हो । सधै हुने पर्वलाई सेनाको माथिल्लो तहले जानकारी नदिएको कारण यस्तो घट्ना घटेको भन्ने भनाइ छ । जे होस् पछि ढोका त खोलियो तर यसले सर्वसाधारण आदिवासीले आफू अपमानित भएको महसुस गरेका छन् । यस्ता विषयमा सरकार स्थानीय निकायले जवाफ दिनुपर्ने र पछि यस्तो घट्ना नदोहरिने गरि कार्य अगाडि बढाउनु पर्ने संस्कृतिकर्मीहरुको धारणा रहेको छ ।
” हाम्रो संस्कृतिलाई अपहेलना गरेको मानेको छु , यस्तो घट्ना नदोहोरियोस्” एक गुठियारले आक्रोश पोखे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५