• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

कोरोनाभाइरस: प्रकोप फैलिएपछि इटलीमा एक करोड ६० लाख मानिस अनिवार्य क्वारन्टीनमा


सुभाय् संवाददाताMarch 8, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन्। उनीहरूलाई एप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ।
नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने प्रयासअन्तर्गत व्यायामशाला, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट पनि बन्द हुनेछन्।
युरोपेली मुलुकमध्ये इटलीमा कोरोनाभाइरस सङ्क्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। शनिवार त्यहाँ सङ्क्रमित मानिसको सङ्ख्यामा व्यापक वृद्धि भएको थियो।
इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी एप्रिल ३ सम्म लागु हुनेछन्।
कोभिड-१९ का कारण इटलीमा मृत्यु हुने मानिसको सङ्ख्या २३० पुगेको छ। अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको सङ्ख्या ५० भन्दा बढी पुगेको छ।
सङ्क्रमित भएको पुष्टि हुने मानिसको सङ्ख्या शनिवार मात्रै १,२०० ले बढेर ५,८८३ पुगेको थियो।
एक करोड मानिस बसोबास गर्ने भनिएको उत्तरी भेगमा पर्ने लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन्।
भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहनेछ।
त्यसबाट कुल एक करोड ६० लाख मानिस प्रभावित हुनेछन्।
यसअघि उत्तरी भेगमा क्वारन्टीनका कारण झन्डै ५०,००० मानिस प्रभावित भएका थिए।
मृत्युदर कस्तो छ?
इटलीको राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुने मानिसको औसत उमेर ८१ वर्ष रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको जनाएको छ।
मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष छन्।
सरकारी तथ्याङ्कअनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च मृत्युदर हो।
विश्वकै धेरै उमेर भएका जनसङ्ख्या रहेको देशमध्ये एक इटली हो।
नियन्त्रणका उपाय कस्ता?
भाइरस नफैलियोस् भनेर सर्वसाधारणहरूलाई सकेसम्म घरमै बस्न आह्वान गरिएको छ। सरकारले मानिसहरूको जमघट हुने स्थानहरू बन्द गर्ने भएको छ।
नाईटक्लब, पौडीपोखरी, सङ्ग्रहालय र स्की रिजोर्ट आदि बन्द हुनेछन्। यसअघि केही समयका लागि शैक्षिक संस्थाहरू बन्द हुने घोषणा भइसकेको छ।
तर रेस्टुराँ र क्याफे भने खुला रहनेछन्। तर त्यहाँ खानपिनका लागि जाने ग्राहकहरूले एकअर्कासँग कम्तीमा एक मिटरको दुरीमा बस्नुपर्नेछ।
सर्वसाधारणहरूका लागि खेलकुदका गतिविधिमा पनि बन्देज लगाइएको छ।
के भन्छ विश्व स्वास्थ्य सङ्गठन?
विश्व स्वास्थ्य सङ्गठनले इटलीलाई सङ्क्रमण फैलिन नदिन गम्भीर रूपमा लाग्न सुझाव दिएको छ। सरकारले क्वारन्टीनबाट भागे तीन महिना जेल सजाय भोग्नुपर्ने घोषणा गरेको छ। इटलीको योजना चीनको जस्तै देखिन्छ। चीनमा लाखौँ मानिसलाई क्वारन्टीनमा बस्न बाध्य पारिएको थियो।
विश्व स्वास्थ्य सङ्गठनले चीनको प्रयासको प्रशंसा गर्दै आएको छ।
कोरोनाभाइरस सङ्क्रमण हुँदा मृत्यु हुने सम्भावना कति
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’ अहिलेसम्म विश्वभरि एक लाख भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ।चीनबाहिर सर्वाधिक सङ्क्रमण क्रमश: दक्षिण कोरिया, इरान र इटलीमा देखिएको छ। तर ती देशमध्ये इटलीमा मृत्यु हुने मानिसको सङ्ख्यामा बढी छ।
इरानमा ६,००० जना सङक्रमित भएका छन् भने १४५ भन्दा बढीको मृत्यु भइसकेको छ।

source : BBC

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑