पोखरा / नेवा खल: कास्कीले आयोजना गरेको मिस नेवा: पोखरा ११४० को प्रतिभा प्रस्फुटन कार्यक्रम ( talent show ) शनिबार पोखराको नालामुखस्थित नेवा: छेंमा सम्पन्न भयो ।
नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले उद्घाटन गरेको उक्त कार्यक्रममा मिस नेवा: पोखराका प्रतिस्पर्धीहरुले आआफ्ना प्रतिभा प्रदर्सन गरेका थिए । उनीहरूले नेवा: परंंरागत बाजा, परंरागत नेवा: नृत्य सहित विविध कला प्रस्तुत गरेका थिए ।
यस ट्यालेन्ट शोलाई यस प्रतियोगिताको प्रिजजमेन्टकाे रुपमा लिइन्छ ।
“कार्यक्रममा दुई महिनादेखि तालिममा रहेका प्रतिस्पर्धिहरुले आफूमा भएका प्रतिभा प्रदर्शन गरेको तथा त्यसको मूल्यांकन गर्ने कार्य भएको छ” कार्यक्रमका मूल संयाेजक बिमल श्रेष्ठले बताए । मिस नेवामा नेवार समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् । उनीहरुले शनिबार अन्तर्निहित प्रतिभा तथा नेवार समुदायका कलाा संंस्कृति प्रस्तुत गरे । ट्यालेन्ट राउन्डका निर्णायकमा शम्भुलाल श्रेष्ठ, आन्नद बज्राचार्य र रिना गोसेली रहेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मुल संयोजक विमल श्रेष्ठ, मिस नेवा: ११३८ प्रिती बुद्राचार्य, नेवा: मिसा पुच: कास्की अध्यक्ष मेनुका श्रेष्ठ, ल्यायम्ह पुच: अध्यक्ष मधुसुधन जोशी लगायतले मन्तव्य राखेका थिए ।
मिस नेवा:ले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउने छिन् . यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रा हुनेले १५ हजार, डिभिडी प्लेयर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ . उत्कृष्ट नेपाल भाषा ७ हजार र भ्युअर्स च्वाइस, मस्ट टयालेन्ट अवार्ड, बेस्ट पर्सनालिटी, बेस्ट फ्रेन्डली, बेस्ट स्माइल र फोटोजेनिकले जनही ५ हजार र प्रमाणपत्र पाउने छन् । कार्यक्रमका तालिम सयोंजक सेलिका श्रेष्ठ र तालिम सह-सयोंजक प्रार्थना डगोंलले सञ्चालन गरेका थिए ।
प्रतिस्पर्धीहरुलाई नेवा: कला संस्कृति , नेपाल भाषा तथा व्यक्तित्व विकास सम्बन्धि तालिम कक्षा संचालन गरिएको थियो भने गत फागुन १८ गतेदेखि २० गतेसम्म आफ्नो मूलथलोको रूपमा रहेको काठमाडौं उपत्यकामा अवलोकन भ्रमण गरेका थिए । नेपाल संवत् ११३१ देखि बर्सेनि हुँदै आएको यो प्रतियोगिताको नवौं संस्करण हो ।
मिस नेवा: पोखरा ११४० मा १८ वर्षदेखि २२ वर्षका २२ जना युवतीहरु प्रतिस्पर्धामा रहेका छन् । कार्यक्रमको ग्रायण्ड फिनाले चैत ८ गते पोखरा सभा गृहमा हुने छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५