• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 20, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काठमाडौं महानगरले कोरोना सम्बन्धी सचेतना अभियान चलाउने


सुभाय् संवाददाताMarch 6, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौं /काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडामा जनचेतना मुलुक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कोरोना र डेंग रोगको महामारी सम्बन्धी छलफललाई सम्वोधन गर्दै मेयर शाक्यले अभियानकै रुपमा सचेतना कार्यक्रम अघि बढाइने बताएका हुन् ।
‘कोरोना रोगको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी संन्त्रास फैलिएको छ । सहि सूचना प्रवाह हुन नसक्दा आम नागरिकमा डर पैदा भएको छ ।’
मेयर शाक्यले सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नु पर्ने बताए । ‘बनको बाघ होइन अहिले कागजको बाघले खाला भन्ने डरले बढी समस्या भएको छ, कोरोनाकै संन्त्रास बढाएर अहिले कालोबजारी समेत बढ्न थालेको छ’ मेयर शाक्यले भने ।
बजारमा देखिएका कालोबजारी नियन्त्रण गर्न महानगरले समेत भूमिका खेल्ने उनले बताए । मेयर शाक्यले ३२ वटै वडाका जनप्रतिनिधि र स्वयसेविकालाई घर–घरमा पुगेर जनचेतनामुलुक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको भन्दै सबै नागरिकलाई डरले होइन आरामले बस्न र त्यस्ता महामारीबाट बच्ने उपायबारे जानकार रहनु आग्रह गरे ।
काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य महाशाखाले यस्तो जनचेतना मुलुक कार्यक्रमको थालनी वडा १५ बाट सुरुवात गरिसकेको जानकारी दिएको छ ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑