– हिसि ज्यापु
जन्मदिनमा केक काटेर उत्सव मनाउने सामान्य प्रचलन भइसक्यो नेपालमा पनि , त्यसैले केक काटेर जन्मदिन मनायो भनेर कसैलाई औंला उठाउने दिन गइसके ।
तर हिजोको एक केक कटाई उत्सवको घट्ना भने निकै विवाद सहित चर्चामा छाउन थालेको छ ।
प्रधानमन्त्री केपि ओलिले आफ्नो ६९ औ जन्मदिनको उपलक्ष्यमा काट्नुभएको नेपालको नक्सा सहितको केकको चर्चाले यो समय चर्चाको शिखर नैं चुमेको अवस्था रहेको छ ।
सामाजिक संजालमा समेत पक्ष विपक्षमा यसको बहस जस्तै भइरहेको छ ।
सामान्य जनता विपक्षमा उभिएका छन् । पार्टीका कार्यकर्ताहरु भने घट्ना सामान्य भएको भन्दै सामाजिक संजाल मार्फत आफ्ना नेताको बचाउमा ओर्लिएका छन् ।
धेरैले तर्क गरे , ओलिले देशको नक्सा अंकित केक काटेर देशकै अपमान गरेका छ्न् । यस कार्यलाई देशलाई टुक्राटुक्रा गरेको उपमा भनेका छन् उनीहरले ।
उता बचाउमा निस्किएका कार्यकर्ताहरुले अमेरिकी राष्ट्रपतिले जन्मदिन मनाउँदा उनलेे अमेरिकी झन्डा अंकित केक काटेको उदाहरण सहित यसलाई राष्ट्रप्रेमको रुपमा ब्याख्या गरेका छन् ।
केही कानूनविदले त यस कार्यप्रति देशको मानहानीको मुद्दा लाग्नसक्ने समेत दाबी गरेका छन् ।
उता विश्लेषकहरुले भने देशको राजनीतिको केन्द्रविन्दुमा रहेकोे संघीय सरकारका प्रवक्ता समेत कमिसनको अडियो टेप बाहिर आएपछि भ्रष्टाचारको विवादमा मुछिएका बेला ध्यान अन्यत्र मोड्न यसप्रकारको विवादास्पद केक-काण्ड अगाडि सारिएको हो कि भनेर आशंका गरेका छन् ।
जे होस् , केक-काण्ड निकै हट केक बनिरहेको छ नेपाली राजनीतिमा ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५