काठमाडौं/ बौद्ध साहित्यका प्रकाशित कृतिहरुको वेबसाइट धम्म डिजिटलको शुभारम्भ गरिएको छ ।
शनिबार ललितपुरको धापाखेलमा आयोजित एक समारोहकाबीच सो वेभसाईटको शुभारम्भ गरिएको थियो ।
यस वेबसाइटको माध्यमबाट बुद्धधर्मका प्रकाशित कृतिहरु अनलाइनबाट पढ्न सकिने भएको छ ।
भिक्षु अस्सजीको संयोजकत्वमा १५ जनाको टोलीले धम्म डिजिटल शुरु गरेका हुन् । यस वेबसाइटमा बुद्धधर्मको पुनःजागरणयताको झन्डै ८० वर्षको अवधिमा प्रकाशित कृति, लेख रचनाहरु यसमा पढ्न सकिने उहाँले बताउनुभयो ।
अखिल नेपाल भिक्षुमहासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले नेपालमा बौद्ध साहित्यको संरक्षणमा वेभसाईटको निर्माणले महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो । वेभसाईटको सञ्चालनले बुद्ध धर्मको क्षेत्रमा हालसम्म प्रकाशित कृतिहरुको अभिलेख पनि रहने बताउँदै बौद्ध विद्वान मदनरत्न मानन्धरले बजारमा पाउन छाडेका, नयाँ पुस्ताको जानकारीमा नआएका सबै कृतिहरु समेत यस वेबसाइटमा पढ्न सकिने भन्नुभयो ।
धम्म वेभसाईटमा अहिले विभिन्न पुस्तक, पत्रपत्रिकाहरुमा प्रकाशित ५ सय लेख राखिएको छ । लेख, पुस्तकहरु थपिदै जाने कुरा यस कार्यमा कार्यारतमध्य एक मदनरत्न मानन्धरले बताउनुभएको छ ।
यस धम्म वेबसाईटलाई एक बौद्ध साहित्यको पुस्तकालयको रुपमा लिन सकिने जनाइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५