काठमाडौं / लुम्बिनीमा निर्माण भइरहेको नेपाल बज्रयान विहारको निम्ति यें(काठमाडौं ) महानगर पालिकाको अनुदान स्वरुप ४ करोड २९ लाख १८ हजारको चेक हस्तान्तरण गरियो । हेर्नुहोस् बोधि टेलिभिजनका लागि महर्जन रत्नले तयार पारेको भिडियो रिपोर्ट (भिडियो साभार बोधि टेलिभिजन ) :
काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले बज्रयान विहारका प्रमुख प्रो डा. नरेश मान बज्राचार्यलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरणका निम्ति काठमाडौंको खुसिबुस्थित नेपा: बैंक्वेटमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगर पालिकाका मेयर मनमोहन चौधरी , संंघीय सांसदहरु जीवनराम श्ररेष्ठ बिना श्रेष्ठ , प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य पूर्वमन्त्री बुद्धि राज बज्राचार्य, काठमाडौं महानगर पालिकाका उपमेयर हरिप्रभा खड्गी ,वडा अध्यक्षहरु लगायतका व्यक्तिहरु अतिथिको रुपमा आउनुभएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५