लन्डन/ डा बालगोपाल श्रेष्ठको कृति “झीगु सको देय् नेवाः समाजया संस्कृति व धर्मकर्मया मानवशास्त्र”को लन्डनमा विमोचन गरिएको छ ।
गत माघ १८ गते ,नेपाल संवत ११४० सिल्लागा सप्तमिका दिन पासा पुचः गुथि युके र लन्डन विश्वविद्यालयको दक्षिण एशिया इन्स्टिच्यूटको संयुक्त आयोजनामा लन्डन विश्वविद्यालयमा भएको प्रथम युरोपव्यापी नेवाः संस्कति र सम्पदा सम्मेलनमा डा बालगोपाल श्रेष्ठको कृति “झीगु सको देय् नेवाः समाजया संस्कृति व धर्मकर्मया मानवशास्त्र” को विमोचन गरिएको हो ।
पासा पुच गुथि युकेका अध्यक्ष संयुक्त श्रेष्ठले कृति परिचय दिनुभएको उक्त कार्यक्रममा अक्फोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डाभिड गेल्नर र लन्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हटले कृतिको विमोचन गर्नुभएको थियो ।
यही कृति अंंग्रेजीमा प्रकाशित हुँदा पनि डा. डाभिड गेल्नरले नै कृतिको विमोचन गर्नुभएको थियो । सो अवसरमा उहाँले पुनः नेपालभाषामा अनुदित हुँदा पनि आफैले विमोचन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । पुुुस्ततकका लेेेखक डा. श्रेष्ठ नेेेदरल्याण्डको लाइडन युुुुुनिभर्सिटीका अनुुुसन्धान विज्ञका रुपमा दक्षिण एसिया अनुसन्धान क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले अक्सफोर्ड युुुुुनिभर्सिटीमा पनि कार्य गर्नुुु भएको थियो । उहाँ विश्व नेवा: संगठन वर्ल्ड नेवा: अर्गनाइजेसनका प्रथम अध्यक्ष , नेपाल भाषाका पुराना लेखक, पत्रकार, अभियन्ता हुनुहुन्छ ।
उहाँले आफ्नो जन्ममस्थल साँँखुको बारेमा लेेेख्नुभएको यो पुुुस्तकको अंग्रेजी संस्करण अक्सफोर्ड युनिभर्सिटी लन्डनले प्रकाशित गरेको थियो । उहाँका नेपाल भाषा साहित्य, अनुसन्धान विधाका लेख पुस्तकहरु पनि प्रकाशित भइसकेका छन् ।
सांँखु सहरको विस्तृत इतिहासका साथै मानवशास्त्रीय अध्ययन समेत रहेको यस कृतिमा नेवाः समाजको संस्कार, संस्कृति, गुथि, गाना, चाडपर्व लगायत विषयमा अध्ययन गर्नेहरुको लागि यो पुस्तक उपयोगी रहेको छ ।
नेवाः भाषाबाट अनुवादित यस पुस्तकका कारण नेवार समुदायमा यसका अनुवादक सिल्भिया राजोपाध्याय, आर्थिक सहयोग गर्ने शंखरापुर नगरपालिका एवं सम्पादक विमल ताम्राकार, प्रकाशक भाषा साहित्य मूँज्या खलः धन्यवाद ज्ञापन गरििएको छ ।
विमोचन गरिएको छ ।
विमोचन कार्यक्रमको भिडियो : हेर्नुहोस्
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५