• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

थपिएको च्याम्पियन परिचय


सुभाय् संवाददाताFebruary 17, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

हिमेश
काठमाडौँ — काठमाडौं उपत्यकामा जति पनि महत्त्वपूर्ण चाडपर्व मनाइन्छ, त्यसको तिथि मिति र विधिबारे यकिन हुन अझै पनि जनबहालतिर गएर सोध्ने चलन कायम नै छ । जनबहालको मछिन्द्रनाथका पुजारीले भनेपछि त्यसैअनुसार चाड पर्व मनाउने परम्परा अझै पनि भित्री काठमाडौंमा विद्यमान छ ।
अनि त्यसैअनुसार दसैं मनाइन्छ र नेपाल संवत् अनुसार मान्नु पर्ने अन्य पर्व पनि । काठमाडौंका सबैभन्दा पुरानो बस्तीमध्ये एक हो, जनबहाल । ऐतिहासिक रूपमै भन्नु पर्दा यो केलटोल नामले बढी चिनिन्छ । यहींको फुटबल क्लब हो, मछिन्द्र । अनि यसले भर्खरै जितेको छ, सहिद स्मारक लिगको ‘ए’ डिभिजन उपाधि । आर्मीविरुद्धको अन्तिम खेल जित्नु थियो, बराबरी पनि पर्याप्त थिएन । मछिन्द्रले यही निर्णायक खेल जित्यो र बन्यो, सहिद स्मारक लिगको १६ औं च्याम्पियन क्लब । यसको अर्थ हो, अब जही जनबहालको अर्को परिचय पनि थपिएको छ र यो परिचय हो, फुटबल च्याम्पियनको । फेरि इतिहासमै फर्कने हो भने काठमाडौंको सबैभन्दा पुरानो बस्तीका रूपमा मानिन्छ, हाँडीगाउँ । यहाँ कुनै ठूलो प्रकोप परेपछि लगनटोलतिर बस्ती बसेको मानिन्छ ।
त्यही बेला केलटोल पनि बसाइ बसेको थियो । कोलियाहरू आएर बसेको हुनाले केलटोल नाम रहेको पनि भनिन्छ । यी कोलियाको कालान्तारमा के भयो त ? यसबारे ठ्याक्कै उत्तर छैन, तर अनुमान गरिन्छ, सम्भवतः अहिलेका कंसाकार नै कोलिया हुन् । मीठो संयोग के भने मछिन्द्रका अहिलेका अध्यक्ष नै कंसाकार हुन्, प्रमोद कंसाकार । उनीसँग कुराकानी गर्नु पर्छ, थाहा हुन्छ, जनबहालका केही युवाहरू मिलेर धेरै अगाडिदेखि नै फुटबल खेल्ने गर्थे, तर त्यो व्यवस्थित थिएन । त्यहाँतिरका नाम चलेका पूर्व फुटबल खेलाडी हुन्, नीलकाजी शाक्य । अहिले उनी भित्री काठमाडौंका चर्चित र तगडा वडा अध्यक्ष पनि हुन् । उनकै समयतिर पनि मछिन्द्र नाममा फुटबल खेल्ने चलन भने बसिसकेको थियो । जति बेलादेखि व्यवस्थित रूपमा खेल्न थालेको हो, लामो समय ‘बी’ डिभिजनमै रह्यो, लगभग २९ वर्ष ।

मछिन्द्रले ‘ए’ डिभिजन खेलेको भर्खर २०६१ सालदेखि न हो । त्यस अगाडि एक प्रकारले मछिन्द्र आरसीटीको सफलता अगाडि ओझेलमा पर्‍यो । एक किलोमिटर भन्दा कम दूरीमा पर्छन, यी दुई क्लब । तर प्रतिद्वन्द्वी हुन् । आरसीटी त नेपाली लिग फुटबल इतिहासको पर्याय जस्तै हो । यसकै दबदबा अगाडि मछिन्द्र तीन दशकभन्दा लामो समय ओझेलमै पर्‍यो । अब अर्को संयोग कस्तो भने जति बेला आरसीटी ‘बी’ डिभिजनमा छ, मछिन्द्रले भने पहिलोपल्ट माथिल्लो डिभिजनको च्याम्पियन भएको छ ।
आरसीटी जब्बर टिम हुँदा त्यसबाट खेल्ने एक खेलाडी थिए, नीलकाजी । असन र भित्री काठमाडौतिर उनलाई नचिन्ने को नै होला र ? उनी राजनीतिक व्यक्तित्व त हुन् नै, अनि कलाकार पनि हुन् । नाटक र टेलिसिरिल पनि खेले, उनले । दशरथ रंगशालामा भएको अन्तिम दिनको खेलमा दौरा सुरुवालमा सज्जिएर आए । मछिन्द्रले उपाधि जितेपछि त उनको रौनकता नै बेग्लै भइसकेको थियो । उनी ट्रफी वितरण समारोह भइरहेको मञ्चमै पुगे र बने, पूरा काठमाडौं महानगरको प्रतिनिधि नै ।

आर्मीविरुद्धको त्यस अन्तिम खेलसँगै १ सय ४६ खेल खेलिसकेको छ । समयको आधारमा आधा दशक । केही वर्ष रेलिगेसन बच्न संघर्ष गरेको मछिन्द्रले केही वर्ष उपाधिका लागि बलियो चुनौती पनि पेस गरेको थियो, जस्तो ०७० मा । अहिलेका दुई ठूला स्टार रोहित चन्द र किरण लिम्बूलाई स्थापित गर्नुमा पनि मछिन्द्रको ठूलो र निर्णायक हात छ । यसबीच मछिन्द्रले यस्ता केही काम पनि गरेका छन्, जसलाई पटक्कै निको मान्न सकिन्न, भलै यसलाई सिद्ध गर्न ठोस प्रमाण छैन । तर त्यो समय नै त्यस्तो थियो, जति बेला यस्तै यस्तै खराव नियतले फुटबल खेलिन्थ्यो । अब समय फेरिएको छ र फेरिएको छ, नेपाली फुटबल पनि । अनि क्लबमा नयाँ व्यवस्थापन पनि आएको छ, अध्यक्ष छन्, तिनै कंसाकार । यसपल्ट पनि क्लबले उपाधि नै जित्ने मनसायले राम्रै खर्च गर्ने ठूलो मन बनाएको थियो र अब त नतिजा सबैसामु छ । नेपाली फुटबलले अपेक्षा गर्ने यही हो, मछिन्द्रले अबदेखि सधैं सफा मनले फुटबल खेल्ने छ र जित्ने छ, धेरैभन्दा धेरै उपाधि ।

किन उपाधि त ?

लिग सुरु हुन अगाडि कम्तीमा कागजमै सही, तय थियो, यसपल्ट लिग जित्ने सबैभन्दा बलियो टिम कुनै छ भने त्यो मछिन्द्र नै हो । मछिन्द्रले मनाङ मर्स्याङ्दी र थ्री स्टारका प्रमुख ठूला खेलाडीलाई आफूमा भित्र्याएको थियो । ठीक यही बेला मनाङ र थ्री स्टारले भने लगभग ठिक्कका खेलाडी खेलाउने नीति बनायो । उनीहरूको तर्क थियो, राम्रा भनिएका महँगा खेलाडीलाई मात्र खेलाएर के हुने हो र ? हुन पनि ‘ट्रेन्ड’ त्यस्तै बसेको थियो । यही बेला मछिन्द्रले भने ठूलो जोखिम उठायो । यसपल्टको लिगमा जम्मा जम्मी दुई टिमले मात्र फुटबलको ‘फिलोसफि’ अनुसार फुटबल खेले । बाँकी टिमले खेलेको त पुरानै नेपाली पाराले त हो, जता मन लाग्यो, उतै प्रहार गर्ने । मछिन्द्रसँगै आर्मीको खेल मात्र आधुनिक फुटबलको सिद्धान्त अनुसार रह्यो । मछिन्द्रले जति पनि खेलाडी अनुबन्ध गरेको थियो, त्यसमध्ये धेरै फुटबलको भाषा बुझेका थिए, त्यसो भनेको तिनीहरूले सानैदेखि प्राविधिक फुटबल खेल्न सिकेको थियो ।

यसका बावजुत पनि मछिन्द्रको यात्रा सजिलो थिएन् । लिग सुरु हुन अगाडि नै मछिन्द्रको एक अंक ऋनात्मक थियो, पोहोरको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको हुनाले । सुरुआती छ चरणको खेलमा मछिन्द्रले १३ अंक बटुलेको थियो, चार जित र दुई बराबरीमा । ठिक्कैको प्रदर्शन थियो, यो । च्यासल र मनाङसँग बराबरी खेलेको थियो । त्यस लगतै मछिन्द्रले हिमालयन शेर्पाविरुद्धको खेल भने २–० ले गुमायो । झरीबीच सातदोबाटोमा भएको त्यस खेलमा मछिन्द्रको केही पनि चलेन ।
तर यो हारको चोटले मछिन्द्रलाई ब्युँझाउने काम गर्‍यो र जित्यो, लगातार छ खेल । यो छ खेलमा मछिन्द्रको लय च्याम्पियन टिमकै जस्तो थियो । यो क्रममा मछिन्द्रले तीन महत्त्वपूर्ण जित निकाल्यो, पुलिस, थ्री स्टार र आर्मीविरुद्ध । यी तिनै खेलमा मछिन्द्रले ‘क्लिन सिट’ पनि कायम राख्यो । अब यस्तो प्रदर्शन गरेको टिमले नजिते कसले जित्ने त ? मछिन्द्रका प्रशिक्षक हुन्, प्रवेश कटुवाल । उनले यसपल्ट प्रशिक्षकका रूपमा ‘ए’ डिभिजनमा डेब्यु गरेका हुन् ।
यी प्रवेश आफ्नो भनाइ राख्नुपर्दा सबैभन्दा पहिले भन्ने गर्छन्, ‘पक्कै पनि ।’ उनको यो बानी जस्तै छ । त्यसलाई नक्कल गर्दै भन्नै पर्छ, मछिन्द्रले वास्तवमै सात खेलमा ‘क्लिन सिट’ राखेको थियो र यसले ‘पक्कै पनि’ देखाउँछ, मछिन्द्रको डिफेन्स कति बलियो छ भनेर ।

अनि यही टिमले पूरा लिगमै सबैभन्दा बढी गोल गरेको थियो, २५ । अब भनिरहनु पर्दैन, यो सबै उपलब्धिका लागि मछिन्द्रको मिडफिल्डले पनि त राम्रै योगदान दिएको थियो ।मछिन्द्रका विदेशी खेलाडी पनि अरू टिमकोतुलनामा गतिला रहे । यो पनि मछिन्द्रले उपाधि जित्नु पछाडिको प्रमुख कारण रह्यो । मछिन्द्रले यसपल्टको लिगमा कुल २० खेलाडी उतारेको थियो । त्यसमध्ये विमल घर्तीमगर र हेमन गुरुङले त एकै खेल मात्र खेले । अन्यथा अधिकांश समय मछिन्द्रले समान खेलाडीको ‘सेट’ उतारेको थियो । धेरै प्रयोगको आवश्यकता नै परेन । त्यसमध्ये ११ खेलाडीले त गोल नै गरे । अनि रंजित धिमाल, विशाल श्रेष्ठ र विशाल राई ‘बी’ सबै१३ खेल खेले ।

साभार इकान्तिपुर

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑