काठमाडौं /ललितपुरका पूर्व मेयर बेखारत्न शाक्यको आज आइतबार बिहान निधन भएको छ ।
केही समयदेखी अस्वस्थ उहाँको उपचाररत अवस्थामा ८९ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली कांग्रेसमा सक्रिय उहाँ २०४८ सालमा ललितपुरको मेयरमा निर्वाचित हुनुभएको थियो ।
२००७ सालदेखि पार्टीमा क्रियाशील रहनुभएका उहाँ धेरै वर्ष पंचायतकालमा निर्वासित जीवन बिताउनु भएको थियो ।
बुद्ध धर्म क्षेत्रमा पनि उहाँको धेरै योगदान गर्नुभएको छ ।
उहाँ स्वयम्भू विकास समितिका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । लुम्बिनी विकास कोषमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँ ले त्रिशुलीमा आफ्नो बुबा संघरत्न शाक्यको नाममा बिहार पनि निर्माण गर्नुभएको छ ।
नेपाली राजनीति , नेपाल भाषा संस्कृति तथा बौद्ध क्षेत्रमा उहाँको योगदान स्मरणीय रहेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५