• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

मच्छिन्द्र ए डिभिजन लिग च्याम्पियन, आर्मी १-० ले पराजित


सुभाय् संवाददाताFebruary 15, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/ सम्पदा महानगर काठमाडौंको पुरानो शहरको मध्यभागमा रहेको  सानमिगेल मच्छिन्द्र युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो । टीम घोषणासँगै यसपालि लिग जित्ने दाबीका साथ मैदानमा उत्रिएको राष्ट्रिय खेलाडीहरुले भरिएको टीम मछिन्द्र क्लब आफ्नो दावेदारीलाई वास्तविकतामा बदल्न सफल भएकोमा निकै हर्षित रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भएको हो । मच्छिन्द्र यसअघि लिगको २०७० को संस्करणमा उपाधिको होडसम्म पुगेपनि उसको पहिलोपटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन ।
मच्छिन्द्रको जितमा रञ्जित धिमालले गर्नुभएको प्रहार आर्मीका विकास तामाङले रोक्दा गोलकिपर विकेश कुथुलाई छल्दै गोलमा परिणत भएको थियो । उक्त आत्मघाती गोल निर्णायक रह्यो । धिमालले ३३ औं मिनेटमा देब्रे कर्नरबाट गर्नुभएको प्रहार तामाङबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत हुन पुग्यो । धिमालको फ्रिकिक विकास गुरुङबाट उछिट्टिएर गोलमा परिणत भएको हो ।
लिगमा मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षकको उपाधिबाट सम्मानित भएका छन् ।
मच्छिन्द्रका विशाल राई लिगमा उत्कृष्ट मीडफिल्ड घोषित भए थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्स घोषित भए। मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की उत्कृष्ट गोलकीपरको उपाधिबाट सम्मानित भएका छन् । न्यूरोड टिमका दर्शन गुरुङ लेफ्टीनेन्ट मणि विक्रम शाह युवा खेलाडी पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । ललितपुरको थ्री स्टार क्लब ‘फेयर प्ले अवार्ड’बाट सम्मानित भएको छ । त्रिभुवन आर्मी क्लबको पोल्टामा भने उत्कृष्ट फरवार्डको उपाधि गयो । भरत खवास उत्कृष्ट फरवार्ड घोषित भए ।
उनीहरु सबैलाई अखिल नेपाल फुटबल संघले दशरथ रङ्गशालामा एक समारोहको आयोजना गरी सम्मान गरेको थियो ।
काठमाडौंमा रहेका पुराना क्लबहरु अन्नपूर्ण , आरसीटी , एनआरटी, बालकुमारी , एनआरटी , संकटा, मछिन्द्र क्लब एक किलोमीटरको पेरिफेरिमा रहेका ए डिभिजनका क्लबहरु हुन् जुन एक समय निकै चर्चित थिए । आज मछिन्द्रले यस क्षेत्रको पुरानो इतिहास सम्झाइदिएको छ ।
तर पहिले खेलाडीहरु स्थानीय नै हुन्थे भने अहिले खेलाडी प्राय: देशीविदेशी समेत रहेका छन् ।
मछिन्द्र ए डिभिजन च्याम्पियन बन्न सफल भएकोमा सुभाय् मिडिया परिवार शुभकामना व्यक्त गर्दछ ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑