• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

बोधगयाको महाछाडको स्कुलमा नेपाली विद्यार्थी


सुभाय् संवाददाताFebruary 14, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


अरविन्द सिंह , सुभाय् पोस्ट सम्बादाता बोधगया / भारतको बोधगया स्थित महाछाड फ्रासुक फ्रासम फासाई विद्यालय बुद्ध धर्म र औपचारिक शिक्षा दिन थाइ संस्था महाछाड फाउन्डेसनले संंचालनमा ल्याएको एक  विद्यालय हो । बौद्ध अनुयायी देेेशका विद्यार्थीहरु एकै स्थानमा राखेर निशुल्क शिक्षा दिने उद्देश्यले यो विद्यालय स्थापना गरिएको हो । हाल विद्यालयमा नेपालका ४ र भारतका ३३ जना विद्यार्थी अध्यनरत छन्। ताप्लेजुङका नवीन मगर , रोशन मगर , दोलखाका अभिजित मगर र कैलालीका एकेन्द्र मगर नेपाली विद्यार्थी हुन् , जो यस विद्यालयमा अध्ययनरत छन् । यी नेपाली विद्यार्थीहरुलाई नेपाल मगर बौद्ध सेवा समाजका सह-अध्यक्ष बिबि रखाल मगरले छनोट गरि अविभावकहरुको मञ्जुरीनामा लिई आवश्यक प्रक्रिया पूरा गरेर महाछाड फाउण्डेशनका नेपाल डाईरेक्टर राकेश महर्जनलाई हस्तान्तरण गरेकोमा उनले आवश्यक प्रबन्ध मिलाई अध्यनको लागि बुद्धगयाका अध्यक्ष लोम्पेच धम्मचोतमंखोन (टुक्टा) लाई हस्तान्तरण गरेका थिए । ती विद्यार्थीहरु श्रामणेर प्रब्रजित भइ बोधगयामा अध्ययन गर्दैर्छन्। । ती विद्यार्थीहरु बुद्धगयास्थित अन्तराष्ट्रिय विहारहरुमा गई बुद्धपुजा, ध्यान भावना गर्नुका साथै धर्मदेशनाहरु पनि सुन्ने गर्छन् । यस वर्ष आयोजित चौथो महाछाड १० दिने अल्पकालिन प्रब्रज्या कार्यक्रममा ती श्रामणेरहरुले दैनिक बुद्धपुजा, धम्मचक्र प्रवर्तन सुत्रपाठ निकै मनमोहक ढंगले गरि महाबोधि मन्दिर दर्शनार्थ आउने भिक्षु, भिक्षुणी र उपासक उपासिकाहरुको ध्यान खिच्न सफल भइरहेका छन् ।
नेपाली विद्यार्थीमध्ये नवीन र रोशन कक्षा ८ , एकेन्द्र कक्षा ६ अभिजित कक्षा २ मा अध्यनरत छन् ।उनीहरूले   स्थानिय अँग्रेजी माध्यम विद्यालयमा औपचारिक शिक्षा पनि लिईरहेका छन् । नेपालका चार  र भारतका ३३ जना गरि जम्मा ३७ जनाको लागि ३ जना आवासिय कर्मचारी र ट्युसनको लागि विभिन्न विषयका १२ जना शिक्षकले उत्कृष्ट नतिजाको लागि मेहनत गरिरहेका छन् ।
नेपालका यी ४ श्रामणेरहरुलाई महाबोधि सोसाईटिका वरिष्ठ भिक्षु डा. वरसम्बोधि महाथेर र लाओसको बुद्धगयास्थित विहारका प्रमुख भन्ते कन्छाई महाथेरले दैनिक धम्म तालिम र विशेष रेखदेख गरिरहनु भएको छ ।
अध्यक्ष लोम्पेच धम्मचोतमंखोन (टुक्टा) भन्नुहुनछ , “हामी सबै भगवान बुद्धका परिवार हौँ । हामीलाई राजनैतिक सिमा रेखाले विभाजन गर्न सक्दैन । यस विद्यालयको उद्देश्य बौद्ध राष्ट्रहरु जस्तै थाईल्याण्ड, नेपाल, बंगलादेश, भारत, श्रीलंका, लाओस, म्यानमारका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाउने हो जसबाट आपसी सद्भाव बढोस र भाषा, संस्कृति आदान प्रदान होस् । यो कार्य गर्ने प्रेरणा नेपालका दिवंगत भन्ते फ्राख्रु शोभन धर्मपाल महास्थविर भन्तेज्युबाट प्राप्त भएको हो । यस कार्यक्रमबाट धर्मपाल भन्ते जस्ता बहुभाषी मैत्री र करुणाले भरिएको सयौँ भन्तेहरु उत्पादन गर्नु पनि हो । हामी लक्ष्य प्राप्त गर्नेछौँ ।”
बोधगयामा अध्ययनरत विद्यार्थीहरु पनि औपचारिक शिक्षाकासाथै बुद्ध शिक्षा सँगसँगै अध्ययन गर्न पाएकोमा खुशी छन् ।
“यस महाछाड विद्यालय र थाईल्याण्डको महाचुला विश्वविद्यालय बिच एक सम्झौता भई सकेकोछ । सो सम्झौता अनुसार यस विद्यालयमा अध्यन गरेका विद्यार्थीहरुलाई उक्त विश्वविद्यालयमा नि:शुल्क अध्ययन गराईने छ ।” महाछाड अध्यक्षले जानकारी दिए ।
गरीब जेहेन्दार विद्यार्थीलाई औपचारिक शिक्षा तथा बौद्ध शिक्षा दिने अभियानका साथ बुुुद्धको ज्ञानभूमिमा ल्याइएको महाछाडको यो शिक्षा कार्यक्रम प्रशंसनीय कार्य हो । आगामी दिन यसले  अझ धेरै विद्यार्थीलाई शिक्षित हुने अवसर प्रदान गर्नेछ भनी आशा गरिएको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑