काठमाडौं । प्राचीन नेपालमण्डलको सभ्यताको रूपमा रहेको खोकना बुंगमतिवासीहरु आफ्नो सभ्यता रक्षार्थ प्रदर्सनमा उत्रिएका छन् । मंगलवार फास्ट ट्रयाक लगायतका प्राचीन ऐतिहासिक सम्पदामात्र हैन प्राचीन बस्ती समेत बिनाश गर्ने आयोजनाहरुको खारेजी माग गर्दै ऊनीहरुले प्रदर्शन गरेका हुन् ।
ललितपुरको जावलाखेलबाट प्लेकार्ड बोकी सांस्कृतिक प्रदर्शनी सहित निस्केको र्याली काठमाडौंको माईतीघर मण्डलमा गएर धर्नामा परिणत भएको थियो ।
उनीहरुले फास्ट ट्रयाक खारेज गर, पश्चिम नेपालमा ठुला शहरको विकास गर, आए.एल.ओ. १६९को उल्लघंन गर्न पाईदैन, बुङग खोकनामा बाहिरी चक्रपथ चाँहिँदैन आदि लेखिएको प्लेकाड बोकी प्रदर्शन गरेका थिए । तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका नाममा ल्याइएका योजनाबाट आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन । फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्ग लगायतका योजना ल्याइ स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै आन्दोलनलाई जारी राखेको उनीहरुले बताएका छन । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति , खोकना बुङ्गमती जनसरोकार समिति लगायतका विभिन्न सरोकारवालाहरुको संघ, संस्थाहरु प्रदर्शनमा सहभागी भएका थिए ।
बुंगमतिबाट सुरु हुने रातोमच्छिन्द्रनाथ करुणामय रथजात्रा सिकाली जात्रादेखि धेरै मूर्त अमूर्त सम्पदा सरकारले बिकासको नाममा ल्याएका योजनाले बिनाश गर्ने मात्र हैन यहाँका बासिन्दा समेत विस्थापित हुने खेतीयोग्य खुल्ला जमीन नष्ट हुने र नेवा: पहिचानमा समेत खतरा आउने भन्दै त्यसको विरोधमा यहाँका बासिन्दाहरु आन्दोलनमा उत्रिएको धेरै समय भइसकेको छ । तर यसको कतैबाट सुनवाइ भएको छैन। पहिले सेनाको प्रयोजनको लागि भनेर अधिग्रहण गरिएको जग्गा समेत बेचबिखन समेत भएको अलग्गै घटनाक्रम समेत रहेको छ । अब सरकारले ल्याएका विभिन्न योजनाहरुले त यी बस्तीहरु समेत खतरामा पर्न सक्ने उनीहरूको दाबी छ ।
बिरोध कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले पनि ऐक्यबद्धता जनाएका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५