• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

लुम्बिनीमा बुद्धधर्मको अध्ययन केन्द्र : थेरवाद बौद्ध संग्रहालय


सुभाय् संवाददाताFebruary 10, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

राजेन मानन्धर
लुम्बिनीको रमणीय उद्यानमा आज भन्दा करिब २६ सय वर्ष अगाडि जन्मेका बालकले राजपाटको मोह समेत त्यागेर ज्ञानको खाजीमा लागे । जन्मौं जन्मको संस्कार अनि ६ वर्षको अथक तपबाट उहाँले जुन ज्ञान प्राप्त गर्नुभयो त्यसलाई हामी बोधिज्ञान भनेर चिन्दछौं । यो जिउने कला हो, जीवनलाई हेर्ने तरिको अनि दर्शन पनि । बौद्धहरुका बिच यसलाई समग्रमा धम्म अथवा धर्म भनेर चिनिन्छ ।

भगवान बुद्धको धर्म अथवा दर्शन पहिलो जुन थियो, त्यसमा समय अनुसार केही परिवर्तनहरु देखिए । त्यस मध्ये बुद्धले बोधिज्ञान लाभ गरिसकेपछि आफुले प्राप्त गरेको ज्ञानको जुन सार बताउनुभयो त्यसलाई सजिलोसँग थेरवाद भनेर बुझ्न सकिन्छ । यसले प्राचीन बुद्धधर्म जस्तो थियो त्यसै रुपमा बुद्ध धर्मलाई अँगाल्न सिकाउँछ ।

प्राचीनकालदेखिनै नेपालमा थेरवाद बुद्धधर्मको अस्तीत्व रहेको प्रमाण पाइन्छ । भगवान बुद्धले आफ्नो जीवनकालमा कपिलवस्तु आएर जुन ज्ञान दिनुभयो त्यो थेरवाद नै थियो । काठमाडौं उपत्यकामा पनि लिच्छवीकालमा थेरवाद बुद्धधर्मको अवशेष भएको प्रमाणहरु प्राप्त भएका छन् । पछि विभिन्न राजनीतिक सामाजिक कारणले यहाँ थेरवादीहरुको प्रभाव कम हुँदै गयो र महायान तथा वज्रयानको विकास हुन थाल्यो ।
तथापि करिब ८० वर्ष अगाडि देखि यहाँ थेरवाद बुद्धधर्मको पुनर्जागरण भयो । मानिसहरुले पुनः थेरवाद अँगाले । राज्यबाट तिरस्कृत र अझ निष्काशित नै भएर पनि थेरवाद बुद्धधर्मले यहाँ आफ्नो स्थान बनाएको छ । नेपालमा थेरवाद बुद्ध धर्मको पुनर्जागरण राणा शासनको अन्त्यसँगै भएको मान्न सकिन्छ ।
भारतमा महाबोधि सोसाइटीको स्थापना भए देखि त्यहाँ बसेका केही नेपालीहरुले निरन्तर बुद्धधर्मको प्रचार गर्ने प्रयास गरे । यसैको फलस्वरुप नेपालबाट देश निकाला गरिएका बौद्ध भिक्षुहरुको स्वदेश फिर्तासम्म पनि सफलता प्राप्त भयो । र हाल नेपालमा थेरवाद बुद्धधर्मको विकास क्रमिक रुपमाभइरहेको छ, यो सबै थेरवादीहरु र समग्रमा सम्पूर्ण बौद्धहरुका लागि खुशीको कुरा हो ।
अहिले विश्वमा थेरवाद बुद्ध धर्म प्रचलनमा रहेका भारत, श्रीलंका, म्यानमार, थाइल्याण्ड, लाओस्, क्याम्बोडिया आदि देशहरुको नाममा नेपालको नाम पनि आउँछ ।
भगवान बुद्ध नेपालमा नै जन्मनुभएको सत्य तथ्यहामीसँग छ । उहाँले सिकाउनु भएको थेरवाद नेपालमा प्रख्यात छ तर नेपालमा थेरवाद बुद्धधर्मको अध्ययनगर्ने स्थलहरुको कमीभएको सबैले महशुस गरिरहेकै हो ।

यसै क्रममा हाल लुम्बिनीस्थित धर्मोदय सभा स्वयम्भू महाचैत्यको ग्यालरीमा नेपाल थेरवादबौद्ध संग्रहालय बनेको छ । गत माघ १२ गते यसको औपचारिक उद्घाटन भयो ।
कार्यक्रममाको शुरुमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय मैत्री महास्थविरले शीलप्रदान गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुलाई संग्रहालय परियोजनाका संयोजक डा. केशरी लक्ष्मी मानन्धरले स्वागत गर्नुभयो । उहाँले सबैको सहयोगले मात्र यो संग्रहालयलाई मुर्त रुप दिन सफल भएको उल्लेख गर्दै यसलाई अझ विस्तृत बनाउन पनि सबै एकजुट हुनुपर्नेमा जोड दिुनभयो ।
यसपछि प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्धप्रतिमा अगाडि दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा संघनायक ज्ञानपूर्णिक महास्थविरको शुभकामना सन्देश भिक्षु बोधिज्ञान महास्थविरले बाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री पोखरेल तथा विशिष्ट अतिथि मेत्तेय भन्तेले संग्रहालय डिजाइन गर्ने संग्रहालयविद जलकृष्ण श्रेष्ठ र व्यवस्थापक कर्ण महर्जनलाई विशेष कदर पत्र तथा अन्य दाताहरुलाई उपहार प्रदान गर्नुभएको थियो ।
संग्रहालयको निर्माणमा दाताहरु मध्ये द्रव्यमानसिं तुलाधर, पञ्चवीरसिं तुलाधर, ज्योति परिवार, पद्मतारा कंसाकार, माधुरी मानन्धर, डा. केशरी लक्ष्मी मानन्धर, सुषमा वज्राचार्य, कविन्द्र श्रेष्ठ तथा अन्नपूर्ण सुवर्ण जीव ताम्राकारहरु उल्लेखनीय हुन् ।

मुख्यमन्त्री पोखरेलले बुद्धको जन्मभूमि लुम्बिनीमा नेपालमा बुद्धधर्मको जानकारी दिने एक केन्द्रको अभाव भइरहेको अवस्थामा यहाँ यस प्रकारको संग्रहाल बन्दा लुम्बिनीकै गरिमालाई बढाएको बताउनभयो ।
संग्रहालयविद् जलकृष्ण श्रेष्ठले यो संग्रहालय नेपालकै संग्रहालयहरु मध्ये विशेष उद्देश्य लिएर बनेको भएकार यसको अलग्ग महत्व भएको बताउनुभयो ।
बौद्ध महिला संघ नेपालका सल्लाहकार एवं उद्योगपति पद्मज्योतिले यस संग्रहालयले सबै नेपाली तथा विदेशीहरुलाई नेपालमा बुद्धधर्मको विकासमा के कस्तो चरणहरु पार गर्नुपर्यो भन्ने जानकारी दिएको बताउनुभयो ।
धर्मोदय सभाका वरिष्ठ उपाध्यक्ष लक्ष्मीदास मानन्धरले सबैले आआफ्नो तर्फबाट सहयोग गरेर यसले लुम्बिनीको शोभा बढाउन मिहेनत गर्नुपर्नेै बताउनुभयो ।
दाताहरुको प्रतिनिधित्व गर्दै द्रव्यमानसिं तुलाधरले जनसहभागिताबाटै यस्तो संग्रहालयको निर्माण हुनुभनेको समस्त बौद्ध जगतका लागि खुशीको कुरा भएको बताउनुभयो ।

कार्यक्रमको अन्तमा बौद्ध महिला संघ नेपालका उपाध्यक्ष मीरा ज्योतिले सबै सहभागी, दाता एवं संग्रहालय बनाउन योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभावति एवं बौद्ध महिला संघ नेपालका अध्यक्ष सुजाता मानन्धरले सभा विसर्जन गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल भिक्षु संघका अध्यक्ष भिक्षु मैत्री महास्थविर, भिक्षुणी डा. अनोजा गुरुमां, लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्ते, सांसद फकरुद्धिन खान, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति हृदयरत्न वज्राचार्य, धम्र्मोदय सभाका वरिष्ठ उपाध्यक्ष लक्ष्मीदास मानन्धर आदि बौद्ध विद्वान व्यक्तित्वहरुको पनि उपस्थिति थियो ।
कार्यक्रम पछि मन्त्री पोखरेलले संग्रहालय अवलोकन गरी त्यहाँ प्रदर्शित सामाग्रहरुको बारेका जानकारी लिनुभयो ।
यो संग्रहालय बुद्ध को हो? बुद्ध शिक्षा के हो? भन्ने जाकारी दिने केन्द्र तथा एक अनौपचारिक अध्ययन केन्द्र हो । यसको उद्देश्य निम्न रहको बताइएको छ — नेपालमा थेरवार बौद्धधमृक सम्बन्धी ऐतिहासिक तथ्यहरु प्रस्तुत गर्ने, थेरवाद बौद्धधर्म सम्बन्धी सत्ुहरु संकलन, प्रदर्शन, संरक्षण तथा प्रवर्धन गर्ने, थेरवाद बौद्धध शिक्षाको प्रचार प्रसार गर्न अनौपचारिक शिक्षण संस्थाको रुपमा विकास गर्ने, नेपालमा थेरवाद बौद्धधर्म, परम्परा तथा ऐतिहासिक व्यक्तिहरुको योगदानबारे अध्ययन अनुसन्धान गरी प्रकाशमा ल्याउने, नेपालमा थेरवाद बौद्धधर्मको क्रमबद्ध विकासको कालक्रम प्रस्तुत गर्ने, लुम्बिनीलाई बौद्ध पर्यटकीय अन्तव्य स्थलको रुपमा विकास गर्न योगदान गर्ने ।

स्वयम्भू चैत्यको गर्भगृहको वरिपरी निर्मित यसको ग्यालरीहरुमा क्रमशः बुद्ध जीवनी, नेपालमा थेरवाद बुद्धधर्मको प्राचीन तथा पुनर्जागरण इतिहास, प्रमुख भिक्षु तथा भिक्षुणीहरुको संक्षिप्त जीवनी, प्रमुख उपासक उपासिकाहरुको परिचय, थेरवाद भिक्षु परम्परा, प्रवज्या, कथिनदान, महापरित्राण जस्ता थेरवाद बौद्ध संस्कार अन्तर्गत गरिने विभिन्न क्रियकलापहरुको चित्रण, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय बौद्ध सम्मेलनहरुसम्बन्धी फोटोहरु, भिक्षुहरुको नाममा प्रकाशित हुलाक टिकट, प्रमुख थेरवाद बौद्ध विहारहरुको फोटोहरु प्रदर्शित छन् । यसबाहेक लुम्बिनी स्थित मायादेवी मन्दिरको प्रतिमूर्ति, नेपाल तथा वर्माका बुद्धप्रतिमाका नमूनाहरु, प्रमुख भन्तेहरुको प्रयोग गर्नुभएका सामाग्रीहरु पनि राखिएका छन् ।
बौद्ध महिला संघ नेपालको सक्रियतामा थेरवाद बुद्धिष्ट एकेडमी, अखिल नेपालभिक्षु महासंघ तथा अन्तर्राष्ट्रिय भिक्षुणी संघसँगको सहकार्यमा निर्माण गरिएको यस संग्रहालयले जानकारी तथा मनोरञ्जनका सामाग्रीहरुको माध्यमबाट थेरवाद बुद्धधर्मको अनौपचारिक शिक्षण केन्द्रको रुपमा पनि काम गर्ने देखिन्छ । साथै यसले नेपालमाबौद्ध पर्यटनको विकासमा समेत सघाउ पुर्याउने आशा गरिएको छ ।

यस संग्रहालयको स्थापनासँगै यसको व्यवस्थापनका चुनौतिहरु पनि देखापरेका छन् । यसको लागि प्रतिवद्ध कार्यकारी सदस्यहरुको समुहको आवश्यकता छ जसले संग्रहालय विज्ञानको मूल्य तथा मान्यता अन्तर्गत रहेर यसको उचित व्यवस्थापन तथा प्रवर्धन गर्ने छ ।
हाल यहाँ फोटोग्राफहरु मात्रै धेरै रहेकोमा अब यसमा अझ ऐतिहासिक सामाग्री थप गरेर यसलाई अझ बढी प्रभावकारी बनाउने भनेर व्यवस्थापकहरुले सोच्न जरुरी देखिन्छ । यो शुरुवात मात्र हो, बुद्ध जन्मभूमि भनेर गर्व गरेर पनि एउटा पनि बौद्ध संग्रहालय पनि नेपालमा नभएको अवस्थामा यसले एउटा उदाहरणको रुपमा आफुलाई प्रस्तुत गरेको छ । अब यसलाई कसरी बढी आकर्षक, अर्थपूर्ण र शिक्षाप्रद बनाउने भन्ने जिम्मेवादी बौद्ध महिला संघ नेपालका साथै सबै बौद्ध संघसंस्था, भिक्षु, भिक्षुणी, उपासक उपासिका एवं समस्त बौद्ध जगतकै काँधमा आइपरेको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑