काठमाडौं / लुम्बिनीमा निर्माण भइरहेको नेपाल बज्रयान विहारको निम्ति यें(काठमाडौं ) महानगर पालिकाको अनुदान स्वरुप ४ करोड २९ लाख १८ हजारको चेक हस्तान्तरण गरियो ।
काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्यले बज्रयान विहारका प्रमुख प्रो डा. नरेश मान बज्राचार्यलाई उक्त चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरणका निम्ति काठमाडौंको खुसिबुस्थित नेपा: बैंक्वेटमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगर पालिकाका मेयर मनमोहन चौधरी , संंघीय सांसदहरु जीवनराम श्ररेष्ठ बिना श्रेष्ठ , प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य पूर्वमन्त्री बुद्धि राज बज्राचार्य लगायतका व्यक्तिहरु अतिथिको रुपमा आउनुभएको थियो ।
कार्यक्रममा बोल्दै महाविहार प्रमुख प्रा. डा. नरेश मान बज्राचार्यले भन्नुभयो ” हाम्रा पूर्खाले धेरै सम्पदा बनाएर गए तर कुनै विदेशी अनुदान लिएको थिएन । त्यसैले हामीले लुम्बिनीमा निर्माण गरेको विहारको निम्ति पनि कुनै सहयोग लिन चाहेनौं र नेपालकै जनताको लगानीमा यो विहार निर्माण गर्दै आएको हो । आज काठमाडौं महानगरले यसलाई अपनत्व सम्झेर हामीलाई आर्थिक अनुदान गरेको छ यो गर्वको विषय हो । यसभन्दा अगाडि नेपाल सरकारको पनि विहारप्रति अपनत्व विकास हुनुपर्छ भनेर हामीले प्रयास गरेका थियौं। हामीले लाचार भएर सहयोग मागेको भने हैन ।”
कार्यक्रममा काठमाडौं महानगर पालिकाका उप-मेयर हरिप्रभा खड्गीले स्वागत मन्तव्य राख्दै महानगर पालिकाको सम्पदा क्षेत्रमा गरिरहेको कार्य बारे आफ्नो भनाइ राखेका थिए।
चेक हस्तान्तरण पछि काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले बोल्दै “लुम्बिनी विश्व बौद्ध जगतको निम्ति महत्त्वपूर्ण स्थल हो । त्यहाँ बनिरहेको नेपाली बिहारलाई निर्माण गर्नको निम्ति सहयोग गर्नु हाम्रो पनि दायित्व हो” भने । उनले यस विहारको बाकी निर्माण कार्यको निम्ति पनि आफ्नो महानगर पालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरका प्रमुख मनमोहन चौधरीले शुभकामना मन्तव्य राख्दै आफ्नो कार्य क्षेत्र बाहिर गएर लुम्बिनीमा समेत सहयोग पुर्याउने कार्य गरेकोमा धन्यवाद ज्ञापन गरे ।
मन्ततव्यको क्रममा लुुुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्तेले काठमाडौं महानगर पलिकाको अनुदानको सर्हाना गर्दै लुम्बिनी बिकास कोषले मायादेवी कोष स्थापना गर्न लागेको र यस कोष लुम्बिनीको कार्य सम्पादनमा प्रयोग गर्ने प्रयोग बताए ।कार्यक्रमको अन्त्यमा नेपाल वज्रयान विहारका तर्फबाट चक्रेश्वर नरेशमान वज्राचार्यले मेयर विद्यासुन्दर शाक्यलाई लुम्बिनीस्थित वज्रयान विहारमा निर्माण गरिएको चैत्यको प्रतिमूर्ति मायाको चिनोको रुपमा प्रदान गरे ।
छोटो रिपोर्ट , साभार बोधि टेलिभिजन
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५