काठमाडौं /लुम्विनीमा निर्माण भइरहेको नेपाल बज्रयानी महाबिहारको निर्माण कार्यमा सहयोग गर्न काठमाडौं महानगरपालिकाले ४ करोड रुपियाँ अनुदान दिने भएको छ ।
काठमाडौं महानगरपालिकाले भोलि शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि यस प्रकारको सहयोग हस्तान्तरण गर्न लागेको कुरा मेयर बिद्यासुन्दर शाक्यले बताएका छन् । गौतम बुद्धको जन्मभूमि लुम्विनी विश्व बौद्ध जगतको निम्ति महत्त्वपूर्ण स्थानको रुपमा रहेको र काठमाडौं उपत्यकाको नेवार बुद्धिज्म अनुसारको मौलिक परम्परा र शैलीमा निर्माण भइरहेको लुम्बिनीको नेपाल बज्रयानी महाबिहारको अन्तिम चरणको निर्माण कार्यका निम्ति महानगरपालिकाले आर्थिक सहयोग गर्न लागेको उनले बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति समेत रहि सक्नुभएका डा. नरेशमान बज्राचार्यको नेतृत्वमा निर्माण भइरहेको बज्रयानी विहारको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ भने यहाँ प्रतिष्ठा गरिएका विभिन्न देव देवीहरुको प्रतिष्ठा पूजा समेत भइसकेको छ ।
स्मरणीय छ काठमाडौं महानगर पालिकाले काठमाडौंमा रहेका महाविहार पुन:निर्माण जिर्णोद्धारका निम्ति विभिन्न बहा: बहिलाई आर्थिक सहयोग गर्दै आएको छ भने थेरवाद बिहार , ध्यान केन्द्रलाई पनि भवन निर्माणको निम्ति आवश्यक राशीको सहयोग गरेको थियो ।
काठमाडौं उपत्यका बाहिर निर्माण गरिएको यो बज्रयानी महाविहार नेपालकै सबैभन्दा कान्छो महाविहारको रुपमा लिइएको छ । यसलाई नेेेवार बुद्धिज्मको प्रतिनिधित्व गर्ने लुुुम्बिनीमा रहेेको नेपाली मौलिक कलाको आकर्षक नमूनाको रूपमा लिन सकिनेछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५