सुभाय् पोस्ट ,बिर्तामोड / बिर्तामोडमा नेवा: छेंको उद्घाटन तथा यहाँको पुरानो नेवा: संस्था नेवा: पासा मुना पुच:को ११ औं अधिवेशन सम्पन्न भयो ।
माघ २० गते सोमबार बिर्तामोड नगर पालिका वडा नं ४ मा निर्मित नेवा: छेंको एक कार्यक्रमकाबीच प्रमुख अतिथि डा.राजेश प्रधानले उद्घाटन गर्नुभयो । प्रमुख अतिथि प्रधानले मूलद्वारमा रिवन काटेर नेवा: छें भित्र प्रवेश गरि शिलापत्र अनावरण गरेर उक्त नव: निर्मित भवनको उद्घाटन गर्नुभएको थियो । सुदूर पूर्वको नेवा: गौरवको रुपमा लिइएको बिर्तामोडको नेवा: छें चौवन्न लाख सतासी हजार छसय चौंसठी (५४,८७,६६४) रुपियाँको लागतमा दुर्ई कट्ठा क्षेत्रफलमा बनेको छ । नेवा: छें नेवा: पासा मुना पुच: बिर्तामोडको पहलमा बनेको हो ।
Posted by Newa Pasa Muna Pucha – Birtamode on Monday, February 3, 2020
बिर्तामोड नगर पालिका वडा नं ४ मा बनाइएको नेवा: छें उद्घाटन क्रममा नेवा: छें निर्माण समितिका संयोजक निर्मल कर्माचार्य , आर्थिक संयोजक प्रमेश हलुवाइ तथा सदस्य दीपक प्रधानले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच नेवा: पासामुना पुच:को ११ औं अधिवेशनले दिनेश श्रेष्ठको नयाँ कार्यसमिति पनि चयन गरेको छ । डा. राजेश प्रधानको प्रमुख आतिथ्यमा भएको उक्त पुच:को अधिवेशन कार्यक्रममा नेवा: देय् दबूका केन्द्रीय उपाध्यक्ष कृष्ण उदास विशिष्ट अतिथिको रुपमा आउनु भएको थियो।
पुच:का अध्यक्ष इश्वरा श्रेष्ठको सभापतित्वमा भएको अधिवेशनको औपचारिक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला अध्यक्ष भरत श्रेष्ठ ,नेवा: देय् दबू झापा जिल्ला अध्यक्ष दिनेश शाक्य , बिर्तामोड नगर पालिका वडा नं ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौला ,नेवा: मिसा दबू झापा जिल्ला अध्यक्ष तिलरुपा श्रेष्ठ ,देय् दबू नगर समितिका अध्यक्षहरु प्रकाश श्रेष्ठ , कृष्ण श्रेष्ठ विशेष अतिथिका रुपमा सहभागी भएका थिए । त्यसैगरी अभिभावकका रुपमा नेवा: पासामुनाका संस्थापक अध्यक्ष दिनेश मल्लले विशेष अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।
११औं अधिवेशनबाट नेतृत्वमा आउनुभएका बिर्तामोडका युवा नेवा: अभियन्ता दिनेश श्रेष्ठले आफूलाई अग्रज तथा युवा सदस्यहरुले विश्वास गरेर यस संस्थाको अध्यक्ष चयन गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष पद आफ्नो निम्ति चुनौती र अवसरको रुपमा रहेको भन्दै आफ्नो कार्यकालमा नेवा: जातिको उत्थान, भाषा संस्कृतिको संरक्षण संवर्द्धन र विकास कार्यका निम्ति सक्दो प्रयास गर्ने बताए ।
कार्यक्रममा ७५ वर्ष नाघेका बिर्तामोडका १० जना नेवा: ज्यष्ठ नागरिकको सम्मान गरिएको थियो । त्यसैगरी पुच:को बिभिन्न कार्यक्रमहरुमा संयोजक भइ योगदान गर्नुहुने मिलन शाक्य र ईन्द्र सिंह श्रेष्ठलाई प्रसंशा पत्रसहित
सम्मान गरिएको थियो ।
संस्थाले आयोजना गरेको स्वास्थ्य सिविर कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराउने बिर्तामोड आँखा अस्पताल तथा अष्ट डेन्टललाई पनि सम्मान गरिएको थियो ।
संस्थापक अध्यक्ष दिनेश मल्ल, भवनकालागि जग्गादाता तथा पूर्व अध्यक्ष श्याम ताम्राकर , तथा अभियन्ता देविभक्त श्रेष्ठले अधिवेशन कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनबाट दिनेश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जस अनुसार उपाध्यक्षमा राजीव श्रेष्ठ , सचिवमा कमल श्रेष्ठ , सहसचिवमा मिलन शाक्य , कोषाध्यक्षमा समीर ताम्राकार , कोषाध्यक्षमा मयजु तारा श्रेष्ठ चुनिएका छन् भने कार्यकारी सदस्यहरुमा प्रभात मानन्धर , निलकुमार श्रेष्ठ , भोजकुमार मास्के, दिपेश वैद्य ,शर्मिला शाक्य, गीतादेवी श्रेष्ठ ,निरु खड्का श्रेष्ठ चुनिएका छन् । अधिवेशनमा निर्वाचन समिति संयोजकको भुमिकामा उदय श्रेष्ठ तथा समिति सदस्यमा लोकचन्द्र श्रेष्ठ रहनुभएको थियो ।
झापा जिल्लाको भद्रपुरपछि पुरानो नेवा: संस्थाको रूपमा परिचित नेवा: पासामुना पुच:को स्थापना आजभन्दा २६ वर्ष अगाडि नेसं १११४ मा भएको थियोहाल चयन भएको नयाँ कार्य समितिमा युुवाह रुको वर्चस्व रहेको छ ।यस नयाँ कार्य समितिले आफ्नो जातीय पहिचानको निम्ति महत्त्वपूर्ण कार्यहरू गर्नेछ भनी आशा गर्न सकिन्छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५