हङकङ /कोरोना भाइरसबाट सुरक्षित रहन प्रयोग गर्ने मास्क किन्न हङकङमा ठूलो लाईन लाग्न थालेको छ ।
चीनमा सुरु भएर विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण हङकङबासी पनि सचेत भएका छन् । चीनको मूलभूमीका सीमाबाट हङकङ प्रवेश गर्नेहरूमाथि कडाइका साथ चेकिङ भइरहेको छ भने हङकङमा सावधानी अपनाउन लगाइने मास्कको अभाव भएको र मास्कको मूल्य अकासिएको स्थानीय राजकुमार राइले बताउनु भएको छ ।”मास्क किन्नको लागि पनि लामो लाइन बस्न बाध्य छन् यहाँ ” उनलेेभने । मूलभूमिबाट नजिक रहेका कारण पनि हङकङमा कोरोनाको सन्त्रास बढेको हो ।
कोरोना भाइरसबाट चीनमा दुई हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको भए पनि समाचारहरुमा निकै कमको मात्र मृत्यु भएको र ४९५७४ जना रोगीको उपचार भइरहेको बताएको र यथार्थ समाचार लुकाएको आरोपपनि लगाइएको छ ।
उक्त भाइरसका कारण महामारी फैलन सक्ने कुरालाई ध्यानमा राखी हङकङका उद्योग, कन्सट्रक्सन क्षेत्रहरु फेब्रेवरी ३ तारीखसम्मका लागि बन्द गरिएका छन् ।
यो समय डब्लुएचओले समेत विश्वमा कोरोना भाइरसका कारण आपतकालीन स्थितिको घोषणा गरिसकेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५