• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

साँखुबाट चार सय वर्ष पुरानो मूर्ति चोरी


सुभाय् संवाददाताJanuary 28, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

साँखु । साँखुको साल्खा महादेवस्थानको नामले चिनिने ज्योतिर्लिङ्गेश्वर महादेवको सुनको जलप लगाएको तामाको प्रतिमूर्ति (करीब ४ सय वर्ष पुरानो जात्रा गरिने देवता) साँखुका मूल पुरोहित सुदन राज राजोपाध्यायको घर शंखरापुर–७ धुँलाटोलबाट गए राति चोरी भएको छ ।
ज्योतिर्लिङ्गेश्वरको प्रतिमूर्ति जनै पुर्णिमाका दिन साँखु बजारमा जात्रा गरिन्छ । अन्दाजी २.५ फिटको चारमुखी सो मुर्ति करिब राति १ देखि २ बजेको बीचमा चोरी भएको अनुमान पुजारी सुदनराज राजोपाध्यायको रहेको छ ।
उहाँका काका आनन्द राज राजोपाध्याय राति शौचालय जानको लागि बाहिर निस्कन खोज्दा बाहिरबाट चुकुल लगाएकोले झ्याल खोली बाहिर आउदा मूर्ति राखिएको कोठाको ढोका खुल्लै रहेको र अन्य कोठाहरूमा समेत बाहिरबाट चुकुल राखिएको पाएपछि महादेबको मूर्ति राख्ने कोठामा मुर्ति नदेखिएपछि छरछिमेक तथा प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार घटना स्थलमा पर्खालको गमला फुटेको र पर्खाल सँगै मुर्तिमा रहेको महादेबको नाग भेटिएकोले घरको पर्खाल चढेर घर भित्र आई मुर्ति चोरेको हुन सक्ने आशंका रहेको छ । उहाँको घरमा ब्रतालुहरू समेत बस्ने गरेकोले बतालुहरूलाई आवतजावतमा समस्या नहोस भनि च्यानलगेटमा केहि दिन देखि ताला लगाउने नगरेको उहाँको भनाई थियो ।
घटनाको खबर प्राप्त भए लगतै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोबिन्द पन्थीले बताउनु भयो । उहाँका अनुसार घटनालाई गम्भिररूपमा लिइ सुक्ष्म अनुसन्धान भैरहेको र माथिबाट समेत टोलि आई व्यापक रूपमा अनुसन्धान जारी रहेको छ । लापरवाही र पर्याप्त सुरक्षाको ब्यवस्था नभएकोले उक्त घटना भएको तर कुनै पनि हालतमा अपराधी बच्न नसक्ने प्रहरी निरीक्षक पन्थीको कथन थियो ।
ज्योतिर्लिङ्गेश्वर महादेव ६४ लिंगेश्वर मध्ये ३४ औँ लिंगेश्वरका नाममा चिनिन्छ । यस ठाउँमा माधवनारायण व्रतका व्रतालुहरु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछिमात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनबिश्वास रहेको छ ।
उक्त दिन माधवनारायण व्रतका कजी, देवता बोक्ने, साँवागण, गुरुजु पुजारी सहित साँखुको लप्सेफेदी स्थित साधु स्मशानमा गएर पूजाआजा गर्ने चलन रहेको छ । सो पूजा सकिएपछि प्रसाद ग्रहण गरेर राति माधवनारायणको भजन किर्तन गर्दै ज्योतिर्लिङ्गेश्वर परिसरमा जाग्राम बसी भोलिपल्ट बिहानै बज्रयोगिनी माईको दर्शन गर्न जाने प्रचलन रहेको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑