काठमाडौं / काठमाडौं उपत्यकामा रहेका जीवित देवी कुमारीको दर्शन र पुजा कार्यक्रम सम्पन्न भएको छ ।
र्गत शनिवार उपत्यकाका ८ जना जीवित कुमारीलाई पुजा गर्ने ह्यूमत महिला समूहका अध्यक्षको संयोजकत्वमा तेस्रो पटक कार्यक्रमआयोजना गरिएको थियो । कार्यक्रमको पहिलो चरण अन्तर्गत काठमाडौंको बसन्तपुरमा रहेको राजकीय कुमारी, मखन कुमारी, किलाघल कुमारी, तोखा कुमारी, भक्तपुरमा भक्तपुर कुमारी र ललितपुरको बुंगमति कुमारी, ललितपुर कुमारी र आजीवत कुमारी गरी ८ जना जीवित कुमारीको पुजा गरिएको थियो ।
काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्य भएको दर्शन र पुजा कार्यक्रममा प्रमुख शाक्यले जीवित कुमारीलाई ताम्रपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं महानगर पालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, तोखा नगरपालिकाका मयेर प्रकाश अधिकारी, उप्रमुख ज्ञानमाया डंगोल, कामपा १२ वडाका वडाअध्यक्ष विकास डंगोल, कामपा १८ वडाका वडाअध्यक्ष न्हूछेकाजी महर्जन लगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सातसय २५ जना भक्तजनहरुको उपस्थितिमा आयोजित कार्यक्रममा दर्शन र पुजा गर्न आउने भक्तजनहरुलाई कुमारी रहेको स्थानको संघसंस्था, क्लव, खलःपुचःले भब्य स्वागत गरिएको थियो ।
जीवित देवी कुमारीको पुजा गर्नुको उद्देश्य काठमाडौंको राजकीय कुमारी मात्र नभई नेपालमा धेरै जीवित देवी कुमारी भएको प्रचारप्रसार गरी उनीहरुलाई पनि राज्यले सम्मान र भरणपोषणको लागि अनुरोध गर्ने रहेका प्रचारप्रसार संयोजक राजु नापितले जानकारी गराउनु भयो । साथै उहाँले यस अभियानवाट ८० बर्ष पछि २०७० सालमा पनौतीमा लोप भइसकेको कुमारी संस्कृति पुनस्थापना गर्न सफल भएको जानकारी दिनुभयो ।
ह्युमत महिला समूहले जीवत देवी कुमारीको पुजा वि.सं. २०७० सालमा पहिलो पटक २०७३ सालमा दोस्रो पटक र २०७६ सालमा तेस्रो पटक आयोजना गरेको हो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५