• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लुम्बिनीमा नेपाल थेरवाद बौद्ध संग्रहालयको उद्घाटन, नेपालमा थेरवाद अध्ययन गर्नेहरूको निम्ति उपयुक्त थलो हुन सक्ने दावी !


सुभाय् संवाददाताJanuary 26, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १८ मिनेट

लुम्बिनी / नेपाल थेरवाद बौद्ध संग्रहालयको एक कार्यक्रमकाबिच लुम्बिनीमा उद्घाटन गरियो ।
शनिबार १२गते शनिबारका दिन  बौद्ध महिला संघ नेपालको सक्रियतामा लुम्बिनीको धर्मोदय सभा स्वयम्भु चैत्य महाविहारमा स्थापना भएको थेरवाद बौद्ध संग्रहालयको उद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभयो । संग्रहालयको ढोकामा रहेको रिवन काटेर उद्घाटन गरेपछि उहाँले संग्रहालयको अवलोकन गर्नुभएको थियो । संग्रहालयका व्यवस्थापक कर्ण महर्जनले अवलोकनका क्रममा संग्रहालयमा रहेका विविध सामग्रीको बारेमा जानकारी गराउनु भएको  थियो ।
यसभन्दा अगाडि महिला बौद्ध संघ नेपालका अध्यक्ष सुजाता मानन्धरको सभापतित्वमा एक कार्यक्रम आयोजना गरिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु संघका अध्यक्ष भिक्षु मैत्री महास्थविर , लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्ते बिशेष अतिथिका रुपमा आउनु भएको थियो । सांसद फखरुद्धिन खान, सिद्धार्थनगर नगरपालिकाका मेयर , धर्म्मोदय सभाका वरिष्ठ उपाध्यक्ष लक्ष्मीदास मानन्धर , महासचिव सागरमान वज्राचार्य , लुम्बिनी धर्मोदय सभा केेेन्द्रिय समितिका पद्मज्योती, भिक्षुणी डा. अनोजा गुरुमां , लुम्बिनी धर्मोदय सभा स्वयम्भू महाचैत्य विहार निर्माण समन्वयका सदस्य द्रव्यमान तुलाधर नेपाल थेरवाद म्युजियमका सुत्रधार निर्माण समितिका संयोजक डा. केशरी लक्ष्मी मानन्धर  लगायतका व्यक्तिहरु अतिथिका रुपमा आउनुभएको थियो ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री शंकर पोखरेलले बौद्ध संघहरुले बौद्ध धर्म मान्नेहरुलाई दुई कार्य लुम्बिनीमा गर्न प्रेरित गर्न सके यहाँको महत्त्व अझ बढ्ने बताए । जन्म संस्कारका कुनै कार्य र मृत्युुपछिका कुनै कार्य लुम्बिनीमा गर्न प्रेरित गर्न सके धेरै बुद्धमार्गीहरु लुम्बिनी आउने उहाँले बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति हृदयरत्न वज्राचार्यले विश्व विद्यालयले म्युजिमोलोजीमा मास्टर्स अध्यापन सुरु गर्न लागेको बताउँदै देवदहमा बुद्धकालिन बाताबरण बनाउन विशेष गरेर वातावरण सम्बन्धि अध्यापन गराउन लागेको पनि बताउनु भयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्तेले लुम्बिनीमा भइरहेको गतिविधिको चर्चा गर्नुहुंँदै नेपाल थेरवाद संग्रहालय एक महत्वपूर्ण स्थल बन्ने विचार राख्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै लुम्बिनी धर्मोदय सभा केन्द्रिय समितिका पद्मज्योतिले लुम्बिनीमा प्राथमिक  स्वास्थ सेवा दिने कार्यदेखि यहाँ बुद्ध जयन्तीको मनाउने चलन धर्मोदय सभाले सुरु गरेको स्मरण गर्नुभयो । उहाँले  यस म्युजियमको स्थापना एक महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संग्रहालय निर्माणमा सहयोग पुर्‍याउनेलाई सम्मान गरिएको थियो भने संग्रहालयविद जलकृष्ण श्रेष्ठ र व्यवस्थापक कर्ण महर्जनलाई विशेष कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वास्थका कारण उपस्थित हुन नसक्नु भएका संघनायक ज्ञानपूर्णिक महास्थविरको सुभाशिष पत्र भिक्षु बोधिज्ञान महास्थविरले पढेर सुनाउनुभएको थियो ।
कार्यक्रममा उपस्थित सबै क्षेत्रका महानुभावप्रति महिला बौद्ध संघ नेपालका मीराज्योतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभापति सुजाता मानन्धरले बौद्ध महिला संघका कार्य योजना र नेपाल थेरवाद संग्रहालय स्थापनको बारे कुरा राख्दै सभा विसर्जन गर्नुभएको थियो ।
प्रमुख अतिथिले पानसमा बत्ती बालेर गर्नुभएको औपचारिक कार्यक्रममा भिक्षु मैत्री महास्थविरले पंचशील प्रदान थियो ।
बौद्ध महिला संघ नेपाल बिसं २०३८ सालमा स्थापना भएको थियो । बुद्ध शिक्षा देशका कुनाकाप्चासम्म फैलाउने कार्यमा यस संस्थाले योगदान गर्दै आएको छ ।ध्यान शिविर ,बाल शिविर हुँदै २०५० सालदेखि परियत्तिशिक्षामा समेत निरन्तर योगदान गर्दै आएको यस संस्थाको नेपाल थेरवाद बौद्ध म्युजियम स्थापना एक कोशे ढुंगाको रुपमा हेरिएको छ ।
लुम्बिनीमा स्थापित यस नेपाल थेरवाद वौद्ध संग्रहालयका परिकल्पनाकार संग्रहालयविद जलकृष्ण श्रेष्ठको आर्किटेक्चर ,भिजन अनुसार नैं तयार भएको जानकारी संघले दिएको छ ।  नेपालमा थेरवाद बुद्ध धर्म अध्ययन गर्नेहरुका निम्ति यो उपयुुक्त  स्थल हुन सक्ने संग्रहालय व्यवस्थापनले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑