• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 13, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काष्ठमण्डप पुन: निर्माणलाई कामपाको ५ करोड हस्तान्तरण


सुभाय् संवाददाताJanuary 23, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

काठमाडौं /काठमाडौं महानगर पालिकाले काष्ठमण्डप पुनः निर्माण समितिलाई ५ करोड रुपियाँको चेक हस्तान्तरण गर्‍यो ।
काठमाडौंको न्युरोडस्थित विशाल बजारमा रहेको सासा बैंक्वेटमा माघ ९ गते महानगर पालिकाले कार्यक्रम आयोजना गरि समितिलाई दोस्रोपटक ५ करोडको चेक हस्तान्तरण गरेको हो ।
काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले  उक्त चेक पुनः निर्माण समितिका संयोजक प्रदेश सभा सदस्य राजेश शाक्यलाई हस्तान्तरण गरेका थिए ।
मन्तव्य राख्ने क्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले समितिको कार्यप्रगतिको प्रशंसा गर्दै यहि कार्यकालमा काष्ठमण्डप पुनः निर्माण पूरा हुने विश्वास व्यक्त गरे ।
मेयर विद्यासुन्दर शाक्यले महानगर भित्रका कुनै पनि मूर्त अमूर्त सम्पदाहरुको जिर्णोद्दार कार्यको जिम्मेवारी महानगर पालिकाले लिने भन्दै काठमाडौंका जिर्ण अवस्था रहेका मन्दिर ,बहा:बहि र थेरबादी विहारहरुको पुन: निर्माणमा समेत महानगरले आर्थिक सहयोग गरेको बताए । कुनै पनि मूर्त अमूर्त सम्पदा आर्थिक रुपले संरक्षण संवर्द्धन गर्न कठिनाइ भए महानगरमा खबर गरे त्यसलाई मास्न नदिन नगर पालिकाले मद्दत गर्ने पनि उनले बताए ।
उपमेयर हरिप्रभा खड्गीले काष्ठमण्डप आफ्नो कार्यकालमा पूर्ण भएको हेर्न चाहेको बताए ।
चेक हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य, हनुमान ढोका दरबार  संरक्षण कार्यक्रमका प्रमुख,स्थानीय वडा अध्यक्षहरुको उपस्तिथि रहेको थियो ।
स्मरणीय छ काष्ठमण्डप पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेश शाक्यको संयोजकत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि २०७५ जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ र त्यसै बर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुननिर्माणको करीब ५५ प्रतिशत काम समाप्त भएको जनाउँदै समितिबाट थप रकम माग भएपछि महानगरले बाँकी काम अघि बढाउन ५ करोड थप रकम उपलब्ध गराएको हो । यसभन्दा अगाडि सरकारले भूकम्पबाट भत्किएको काष्ठमण्डप पुन:निर्माण कार्यमा ध्यान नदिएपछि जनस्तरबाट पुरातत्त्वविद,संस्कृतिविद, इतिहासविद, राजनीतिकर्मी र स्थानीय सर्बसाधारण सम्मीलित समितिले  पुन:निर्माणको लागि पहल समेत भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै मेयर शाक्य – भिडियो

https://subhaypost.com/wp-content/uploads/2020/01/mayor-ktm_1.mp4


सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑