काठमाडौं, माघ ९ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याउनुभएको हो । उहाँलाई नेकपाले अन्य समूहमा उम्मेदवार बनाएको थियो । महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले तीनहजार तीनसय ६६ मत ल्याएर जित्नुभयो भने नेपाली काँग्रेसका उम्मेदवार विमला गौतमको दुईहजार तीसय ४० मत प्राप्त गर्नुभएको थियो ।
यसैबीच, प्रदेश नम्बर- २ मा नेकपाकी राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगिनाले ४७ सय ४० मतभार ल्याउनुभयो भने तुलसाले ५२ सय ८ मत ल्याउनुभयो । निर्वाचनमा दुई मत बदर भएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५