• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

गोष्ठीमा गएकी उपमेयर अमेरिकामै लुकिन्


सुभाय् संवाददाताJanuary 23, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । एक गोष्ठीका लागि अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् ।
नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी नेपालीले कुनै खोजखबर नपठाएको र जानकारी पनि नगराएको मेयर रत्नबहादुर शाहीले जानकारी दिए । “नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको बुझेको छु । उपमेयरले भ्रमणमा जान्छु भनेपछि स्वीकृत पनि भयो । त्यसपछि उहाँ फर्कनुभएको छैन,” उनले भने ।
अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ । अहिले शाहीको फेसबुक खाता पनि निष्क्रिय छ । “उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको हो, त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न,” शाहीलेएक सहकर्मि मिडियालाई  भने ।
उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको शाहीको भनाइ छ । योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधानका कारण अधिकांश योजनाहरूको भुक्तानी समस्या भएको शाही बताउँछन् । ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको शाहीको भनाइ छ ।
“सेवाग्राही आएर उपमेयरबारे सोधखोज गर्नुहुन्छ, सञ्चारकर्मीले पनि मलाई नै प्रश्न गर्नुहुन्छ । अमेरिका भ्रमणमा जान्छु भनेपछि नजानुस् भन्ने कुरा पनि आएन,” मेयर शाही थप्छन् ।
नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले पनि दन्ता नेपाली (दर्शना) अमेरिका गएको स्वीकार गरे । “संघले नै आयोजना गरेको कार्यक्रम त थिएन त्यो, आईसीएमए अर्थात् इन्टरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका जानुभएको हो,” उनले पुष्टि गरे । त्यसपछि फर्किए, नफर्किएकोबारे आफूलाई थाहा नभएको धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका ब्याञ्जु बताउँछन् । “उहाँ सम्पर्कविहीन भएको बारे धेरै मलाई थाहा छैन,” उनको भनाइ छ ।
२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी शाहीले १ हजार २६० मत ल्याएकी थिइन् । मेयर रत्न शाही पनि माओवादी केन्द्रबाटै उम्मेदवार भइ निर्वाचित भएका हुन् ।

सम्पर्कविहिन उपमेयर अमेरिकामै लुकेका हुन् कि केकतिकारणले सम्पर्कमा आएनन् अझै स्पष्ट भएको छैन । अमेरिका मोहले उतै लुकेको हुनसक्ने धेरैको आशंका रहेको छ । उपमेयरजस्ता जिम्मेवार व्यक्तिको यस्तो कार्य अशोभनीय छ र यसले देशको नाम अझ बदनाम गर्ने निश्चित छ ।

साभार : बार्‍हखरिडटकम

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑