• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा ,१८ सदस्यको चुनाव हुँदै, ४५ उम्मेदवार चुनावी मैदानमा


सुभाय् संवाददाताJanuary 23, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं,माघ ८ गते । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोगले निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।

निर्वाचनमा आवश्यक रहेको मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेको आयोगले जनाएको छ। निर्वाचन हुने स्थानमा उच्च अदालत रहेका जिल्लाको सदरमुकामलाई तोकिएको छ । राष्ट्रिय सभाको निर्वाचनको लागि कास्की, मोरङ, धनुषा, ललितपुर, दाङ, सुर्खेत र डोटीमा निर्वाचन कार्यालय स्थापना भैसकेका छन् ।

प्रदेश नं १ को विराटनगर महानगरपालिका विरेन्द्र सभा गृहमा मतदानस्थल तोकिएको छ । सो केन्द्रमा प्रदेश सभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २८४ गरि ३६७ मतदाता रहेका छन् । प्रदेश नं २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण निधी स्मृति भवनमा मतदानस्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्य तर्फ १०७ र स्थानीय तहतर्फ २७२ गरि कूल ३७८ मतदाता रहेका छन् ।

बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडा समितिको भवनमा मतदानस्थल तोकिएको छ । यो प्रदेशका प्रदेश सभाका ११० र स्थानीय तह सदस्य २३८ गरि कूल ३४८ मतदाता रहेका छन् ।
गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा तोकिएको छ । गण्डकी प्रदेशमा प्रदेश सभाको ६० जना, स्थानीय तहका १७० जना गरि कूल २३० मतदाता रहेका छन् । प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ । प्रदे सभाका ८७ र स्थानीय तहका २१८ गरि कूल ३०५ जना मतदाता रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदानस्थल तोकिएको छ । प्रदेश सभाका ४० र स्थानीय तहका १५८ गरि १९८ मतदाता रहेका छन् । सुदुरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पदम पब्लिक मुक्तिनारायण उमाविमा मतदानस्थल छ । प्रदेश सभाका ५३ र स्थानीय तहका १७६ गरि कूल २९९ मतदाता रहेको पत्रकार सम्मेलन गरि आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा निर्वाचनको लागि सातओटा प्रदेशमा प्रदेश सभाका ५५० र स्थानीय तहका १५०६ जनाले मतदान गर्नेछन् । प्रदेश सभाको सदस्यहरुको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको निर्वाचन आयोगले जनाएको छ । सात  प्रदेशवाट १८ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन् । राष्ट्रिय सभाको निर्वाचनमा ११ओटा दलहरुले आयोगमा दल दर्ता गराएका छन् । ४५ जना उम्मेदबार चुनावी प्रतिस्पर्धामा रहेको प्रमु्ख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑