• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

नेवा:- ताम्सालिङको प्रदर्शनमा आइपुगे मन्त्रीदेखि संसदहरुसम्म


सुभाय् संवाददाताJanuary 9, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४९ मिनेट

हेटौडा – प्रदेश नम्बर ३ को नाम नेवा: ताम्सालिङ हुनु पर्छ भन्दै बुधबार हेटौडामा भएको प्रदर्शनमा मन्त्रि देखि संसदहरु समेतले समर्थन जनाएका छन्। 
नेवा: तामसालिङ समन्वय समिति लगायत आदिबासी जनजाती महासघ र जातीय सस्थाहरुले प्रदेश सभा भवनको अगाडी गरिएको प्रदर्शनमा प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश संसदहरु: नेवा: ताम्सालिङ नामकरणको प्रस्ताबक ओमबहादुर ग्लान, रत्न ढकाल, राजन दहाल, बिनोद खडका, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी लगायत प्रदर्शनमा हौसला बढाउदै प्रदर्शनमा सहभागीहरु संगै कुराकानी गर्दै उहालेहरुले सदनमा पहिचान सहितको नामकरणको सवालमा जोडदार माग गरिएको दृढ बिश्वास ब्यक्त गर्नु भएको छ ।

प्रदर्शन सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा दक्षिण कोरियाको पूर्वराजदुत कमानसिं लामाले संघियता, धर्मनिरपेक्ष, समानुपातिक, समाबेशी लगायत पहिचानका मुद्धाहरुमा जनताद्वारा बनाएको संबिधानमा अक्षरस पालना गर्ने भनेको थियौ । तर अहिले नामकरणको सवालमा ऐतिहासिकताको आधारमा बाग्मती रे, बाग्मती कसरी हुन्छ, बाग्मती हुनु भन्दा अघि पोखरी थिए, यो भूमिमा आदिम समय देखि नेवार तामाङ मंगोलहरु बस्थे त्यसैले पहिचानको आधारमा नेवा: तामसालिङ नामकरणको लागि जस्तोसुकै बिद्रोह गर्न तयार गरेको बताए ।

त्यस्तै, नेवा: दय दबुको प्रदेश ३ को संयोजक उमेश स्थापितले नेपालमा एकल पहिचान नभई बहुसास्कृतिक, बहुधार्मिक, बहुजातिको पहिचान हुनु पर्यो भन्दै ६२/६३ सालमा आन्दोलन भयो । तर अहिले सम्म पनि त्यो बेलाको सहमति अनुसार कार्य नभएको भन्दै, अब हाम्रो पहिचान स्थापित गर्नलाई नेपालको नया संबिधान समेत ल्याउनु पर्ने बताउनु भयो । नेकपाको सचिवालयको ह्विपले निराङ्कुस्ताको परकष्टा भएको उहाले बताए ।

संबिधानले दिएको अधिकार, जनताले दिएको जनमत र अधिकारलाई सुनिस्चित हुन सफल हुनुहोस, यदि तपाईहरु सफल हुन सक्नु भएन भने आज देखि निरन्तर प्रदेश सभा भवन अगाडी धर्ना प्रदर्शन कार्यक्रम गर्ने नेपाल आदिबासी जनजाती महासघ प्रदेश ३ को अध्यक्ष काजिमान थिङले बताए ।
जुन दिन नेवा: ताम्सालिङ प्रदेशको नाम सुनिस्चित गरेर पारित गर्नु हुन्छ, त्यही दिनका संसदहरुलाई खादा र अबिर लगाई धन्यबाद दिने छौ, अनि मात्र हामी तामसालिङ भूमिमा फर्कने छौ । तर हाम्रो खबदारीलाई अपहेलना गर्दै बाग्मती प्रदेश पन्चायती नाम बिउझाउनु हुन्छ भने त्यो दिन कालो दिनको घोषण गर्दै यही संसद भवनको अगाडीबाट तपाईहरुले बिद्रोह, ससस्त्र संघर्षको निम्तो दिनु भो भने त्यो लडाईको मैदानमा भेट हुने भन्दै बिदा हुने समेत उहाले बताउनु भयो ।

त्यस्तै, संघिय समाजबादी फोरम मकवानपुरको अध्यक्ष शुभरत्न गोलेले संबिधानमा गरेको व्यवस्था र सहमतिहरु अक्षरस पालन गर्न अनुरोध गर्दै हाम्रो मागलाई प्रदेश सभाले कार्यन्वयन गर्दैन भने हामी चरणबद्ध शान्तिपूर्ण आन्दोलनको कार्यक्रम गर्ने बताए । नेकपा सचिवालयको ह्विप जारीले संबिधान बिपरित भएको भन्दै आक्रोस समेत ब्यक्त गरे ।

प्रदर्शन र्याली हेटौंडाको बुद्धचोकबाट शुरु भइ बजार परिक्रमा गरि प्रदेशसभा भवन अगाडी पुगेको थियो । प्रदेशसभा भवन अगाडी दुइ घण्टा सम्म भएको प्रदर्शनमा नेवा: ताम्सालिङ समन्वय समिति, नेपाल तामाङ घेदुङ, लगायत मकवानपुरका नेपाल आदीवासी जनजाती महासंघ र जातीय संगठनहरु लगायतको सहभागितामा नेवाःताम्सालिङ घोषणा गर भन्दै नारा लगाएका थिए ।
source : tamsalingkhabar

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑