• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 11, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

भोलिदेखि स्वयम्भू सांस्कृतिक महोत्सव हुँदै , सम्पूर्ण तयारी पूरा !


सुभाय् संवाददाता December 31, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


काठमाडौं । भोलि पुष १६ गते बुधबारदेखि विश्वसम्पदा क्षेत्र स्वयम्भूमा सप्तहव्यापी सांस्कृतिक कार्यक्रम हुने भएको छ । यसका निम्ति अन्तिम तयारी समेत पूरा भएको छ । यसैबीच मंगलबार बिहान आयोजकहरुको तर्फबाट काठमाडौंको होटेल वज्रमा एक पत्रकार सम्मेलन आयोजना गर्‍यो ।
पत्रकार सम्मेलनमा महोत्सव बारे काठमाडौं महानगर पालिका १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले महोत्सवबारे जानकारी दिएका थिए ।
“स्वयम्भु जाऔं , नेपाल भ्रमण वर्ष मनाऔं”भन्ने नाराका साथ आयोजना हुन ग इरहेको स्वयम्भू सांस्कृतिक उत्सव २०७६ नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरे अनुरुप समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कामपा १५ वडा कार्यालय र महानगरीय प्रहरीबृत्त स्वयम्भूको संयुक्त आयोजनामा हुन लागेको हो ।”
बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकताको उजागर गर्नका सथै पर्यटन प्रबर्धन गर्ने उद्देश्यले साताव्यापी महोत्सवको आयोजना गरिएको कामपाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष डंगोलले बताए ।१५ वडामा रहेका बिभिन्न संघ संस्थाहरु , समुदाय ,विद्ध्यालय, होटेल व्यवसायी र अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक कार्यक्रम आयोजना गरिन लागेको बताए ।
सांस्कृतिक कार्यक्रममा नेवार परम्परागत सांस्कृतिक कार्यक्रमहरुका साथै बिभिन्न समूहको प्रस्तुति रहनेछन् । साथै नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको पनि सांस्कृतिक प्रस्तुति हुनेछ ।
कार्यक्रममा विभिन्न सामाग्रीका स्टलहरु समेत रहने छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले यसप्रकारका कार्यक्रमबाट समुदायसँगको सम्बन्ध अझ नजिक हुने र जनतासँग नजिक बसेर काम गर्न सकिने आशा व्यक्त गरे ।
कार्यक्रमको उद्घाटन बुधवार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा काठ्माडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा हुने कार्यक्रम रहेको छ ।
घरेलु पर्यटक तथा विदेशी पर्यटकलाई समेत ध्यानमा राखी यो उत्सव आयोजना गर्न लागेको कुरा वडा अध्यक्ष इश्वरमान डंगोलाले बताए ।
काठमाडौं उपत्यकाको सभ्यता र संस्कृति उद्गमस्थल को रुपमा चिनिएको उपत्यकाको मानव वस्तीको इतिहास सँग गाँसिएको स्थानमा हुन लागेको यो उत्सवलाई महत्वका साथ हेरिएको छ ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑