काठमाडौं । भोलि पुष १६ गते बुधबारदेखि विश्वसम्पदा क्षेत्र स्वयम्भूमा सप्तहव्यापी सांस्कृतिक कार्यक्रम हुने भएको छ । यसका निम्ति अन्तिम तयारी समेत पूरा भएको छ । यसैबीच मंगलबार बिहान आयोजकहरुको तर्फबाट काठमाडौंको होटेल वज्रमा एक पत्रकार सम्मेलन आयोजना गर्यो ।
पत्रकार सम्मेलनमा महोत्सव बारे काठमाडौं महानगर पालिका १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले महोत्सवबारे जानकारी दिएका थिए ।
“स्वयम्भु जाऔं , नेपाल भ्रमण वर्ष मनाऔं”भन्ने नाराका साथ आयोजना हुन ग इरहेको स्वयम्भू सांस्कृतिक उत्सव २०७६ नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरे अनुरुप समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कामपा १५ वडा कार्यालय र महानगरीय प्रहरीबृत्त स्वयम्भूको संयुक्त आयोजनामा हुन लागेको हो ।”
बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकताको उजागर गर्नका सथै पर्यटन प्रबर्धन गर्ने उद्देश्यले साताव्यापी महोत्सवको आयोजना गरिएको कामपाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष डंगोलले बताए ।१५ वडामा रहेका बिभिन्न संघ संस्थाहरु , समुदाय ,विद्ध्यालय, होटेल व्यवसायी र अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक कार्यक्रम आयोजना गरिन लागेको बताए ।
सांस्कृतिक कार्यक्रममा नेवार परम्परागत सांस्कृतिक कार्यक्रमहरुका साथै बिभिन्न समूहको प्रस्तुति रहनेछन् । साथै नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको पनि सांस्कृतिक प्रस्तुति हुनेछ ।
कार्यक्रममा विभिन्न सामाग्रीका स्टलहरु समेत रहने छन् ।महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले यसप्रकारका कार्यक्रमबाट समुदायसँगको सम्बन्ध अझ नजिक हुने र जनतासँग नजिक बसेर काम गर्न सकिने आशा व्यक्त गरे ।
कार्यक्रमको उद्घाटन बुधवार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा काठ्माडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा हुने कार्यक्रम रहेको छ ।
घरेलु पर्यटक तथा विदेशी पर्यटकलाई समेत ध्यानमा राखी यो उत्सव आयोजना गर्न लागेको कुरा वडा अध्यक्ष इश्वरमान डंगोलाले बताए ।
काठमाडौं उपत्यकाको सभ्यता र संस्कृति उद्गमस्थल को रुपमा चिनिएको उपत्यकाको मानव वस्तीको इतिहास सँग गाँसिएको स्थानमा हुन लागेको यो उत्सवलाई महत्वका साथ हेरिएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५