• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लिच्छवीकालीन भित्तेचित्र भेटियो


सुभाय् संवाददाताDecember 26, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २१ मिनेट
काठमाडौं : जयबागेश्वरी मन्दिरमा प्राचीन भित्तेचित्र भेटिएको छ। पुनर्निर्माणका लागि मन्दिर भत्काउँदा भित्तेचित्र फेला परेको हो। मन्दिर भत्काउँदा भित्र अर्को मन्दिरको संरचना भेटिएको थियो। बाहिरको मन्दिर मल्लकालीन भए पनि भित्री भागको मन्दिर लिच्छवीकालीन भएको विज्ञहरूको भनाइ छ। सोही मन्दिरको गारोमा कलात्मक चित्र र बुट्टेदार आँखीझ्याल भेटिएको हो। जयबागेश्वरी मन्दिर विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्र पर्छ।
विज्ञको टोलीले भित्तेचित्रको सुक्ष्म अध्ययन गरिरहेका छन्। चित्रबारे एकिन तथ्य अझै भेटिएको छैन। यसअघि पुनर्निर्माणका लागि मन्दिर भत्काउँदा तीन वटा गजुर भेटिएका थिए। माटाबाट बनाइकाले मन्दिरको महत्व अझै बढेको छ। संस्कृतिविद्का अनुसार प्रत्येक १२/१२ वर्षमा मन्दिरको कलेवर फेरिन्छ। ‘कलेवर फेर्दा जगवागेश्वरी, गणेश र भैरवको नयाँ मूर्ति माटाको बनाइन्छ ।
माटोले बनेको मन्दिरको भित्ता जीर्ण छ। चित्र प्रष्ट छैनन्। आँखीझ्याल ठाउँठाउँमा मक्किएको छ। भित्ता कुनै बेला पनि ढल्ने स्थितिमा छ। चित्र तत्काल संरक्षण गर्नुपर्ने देखिन्छ। एक साता अगाडि पुरातत्व विभागले मन्दिरसम्बन्धी अनुसन्धान गरेर मात्र पुनर्निर्माण अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सुझाव दिएको थियो। तर इतिहास नै मेटिने गरी मन्दिर जथाभावी भत्काउने काम जारी छ।
मंगलबारको छलफलमा मन्दिरको गारो जीर्ण भएकाले भत्काउनुपर्ने पक्षमा पुरातत्व विभागले सहमति जनाएको छ तर मन्दिर व्यवस्थापनले भित्तेचित्रको संरक्षण गर्नुपर्ने माग राखेका छन्। प्रदेश ३ का सांसद नरोत्तम वैद्य भित्री मन्दिरको संरचना र भित्तेचित्र हटाउने निर्णय उचित नभएको बताउँछन्। ‘पुरानो मन्दिरलाई पहिले पनि संरक्षण गरेर राखिएको जयवागेश्वरी मन्दिरबाटै प्रमाणित भइसक्यो,’ उनले भने, ‘अहिले हामीसँग संरक्षण गर्ने सामथ्र्य नभएको हो ? ’ पुनर्निर्माण गर्दा भित्तेचित्र यथावत् राखेर ऐतिहासिक झल्को दिनुपर्ने उनको मत छ।
पुरातत्व विभागकी अधिकृत अमृता भट्टराईका अनुसार गारोलाई जस्ताको तस्तै झिकेर मन्दिरको द्यःछेँमा राखिने र त्यसपछि संग्रहालयमा सार्न सकिन्छ। ‘भित्ता भत्कनै लागेको छ,’ उनले भनिन्, ‘त्यसलाई झिकेर सुरक्षित राख्नुपर्ने देखिन्छ।’ भित्री मन्दिरको संरचना भत्काउन पुरातत्व, कोष र मन्दिर पुनर्निर्माण सहजीकरण समितिबीच सहमति भएपछि गारो झिक्ने निर्णय भएको हो। साथै माटोले बनेको उक्त मन्दिरमा चुना र सुर्की प्रयोग गर्न विभागले सहमति जनाएको छ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार प्राचीन र ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा पुरानै शैली र प्रावधान अपनाउनुपर्ने हुन्छ। सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘ऐनमै पुरातात्विक महत्वका संरचना जस्ताको तस्तै राख्नु पर्ने उल्लेख छ। त्यसलाई हटाउने, मेटाउनेतर्फ सम्बन्धित निकाय लाग्नु हुन्न।’
संस्कृतिविद् हरिराम जोशीका अनुसार जयवागेश्वरी मन्दिर १३ सय वर्ष पुरानो हो। ‘किराँतकालमा निर्मित यो मन्दिर लिच्छवीकालमा पुनर्निर्माण भएको विभिन्न अनुसन्धानले देखाएका छन्,’ उनले भने, ‘त्यतिबेला मन्दिर पुनर्निर्माण गर्दा माटोले नै बनाइएको थियो।’ महासरस्वती, महाकाली र महालक्ष्मीको प्रतीक मानिने यो मन्दिरसँग सती प्रथाको प्रसंगसमेत जोडिन्छ।
sporce:annapurnapost
सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑