• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

धरान य:मरी महोत्सवमा ५ फीटको य:मरी प्रदर्शनमा राखिने


सुभाय् संवाददाता December 23, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

धरान /धरानमा ५ फीट लाम्चो ५० किलोको यःमरी प्रदर्शनमा राखिने भएको छ ।
नेवार समुदायको बाक्लो बस्ती रहेको पूर्बको नगर धरानमा आयोजना गरिने य:मरी महोत्सवको पत्रकार सम्मेलनमा
आइतबार आयोजक नेवाः देय दबू धरानले ५० किलोको यःमरी बनाउने आन्तरिक तयारी थालिएको बताएको छ । ‘गत वर्ष ३५ किलोको यःमरी प्रदर्शनमा राखिएको थियो, यसपटक ५० किलोको यःमरी प्रदर्शनमा राखिनेछ ।’ दबूका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए ।
धरानमा नेवार समुदायको बिशेष परिकारको रुपमा चिनिएको यःमरीको स्वाद लिन सकिनेछ ।
धरानमा टुबार्ग बियरको प्रायोजनमा पुष ९ देखि १२ गतेसम्म  ४ दिने यःमरी सांस्कृतिक तथा पर्यटन उत्सव आयोजना हुने भएको हो । यो यःमरी उत्सव ८ औं हो ।  प उत्सवमा फ्रि वाइफाइ जोन, लिच्छवीकालीन चर्या नृत्य, नेवार सांस्कृतिक कार्यक्रम, बहुजातीय परिकारहरू, यःमरी एवं परम्परागत नेवार परिकारहरू, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति आकर्षणका रुपमा रहनेछन् ।
शताब्दी इतिहास बोकेको यमरी तथा नेवार परिकारको संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने सचिव अमृत श्रेष्ठले जानकारी दिए ।
नेपाली भाषामा य भनेको मनपर्ने र मरी भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकाले यसको नाम यःमरी राखिएको संस्कृतिविद् बताउँछन् । यःमरी पुन्ही वा यःमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व हो । नेवार संस्कृतिको संरक्षण,संअर्द्धन तथा प्रवर्द्द्न  गर्दै नेपाली संस्कृतिको समृद्धिमा टेवा पुरयाउन कार्यक्रम आयोजना गरिएको दबूका सल्लाहकार सरला कायस्थले जानकारी दिइन् ।

यसपटक विशेष गरेर ४० जनालाई यःमरी बनाउने तालिम दिइएको र गुणस्तरमा ध्यान दिँदै गुणस्तरीय यःमरी चखाउने तयारी रहेको आयोजकको दावी छ । यमरी पुन्हीको पूर्वसन्ध्यामा सहभागिता जनाउनेहरुले ३० वटा स्टलमा राखिएका विभिन्न फरक–फरक परिकारहरुको अर्गानिक स्वादको मज्जा लिन पाउनुको साथै विशेष छुटमा यःमरी किन्न सक्ने आयोजकको भनाइ छ । अन्य बहुजातीय परिकारलाई पनि प्राथमिकता दिइने आयोजकले जनाएको छ । यसपटक ४० देखि ५० हजारसम्म पर्यटक भित्रयाउने आयोजकको लक्ष्य रहेकोे  छ ।(समाचार सहयोगी: पूर्वकोशीन्युज)

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑