धरान /धरानमा ५ फीट लाम्चो ५० किलोको यःमरी प्रदर्शनमा राखिने भएको छ ।
नेवार समुदायको बाक्लो बस्ती रहेको पूर्बको नगर धरानमा आयोजना गरिने य:मरी महोत्सवको पत्रकार सम्मेलनमा
आइतबार आयोजक नेवाः देय दबू धरानले ५० किलोको यःमरी बनाउने आन्तरिक तयारी थालिएको बताएको छ । ‘गत वर्ष ३५ किलोको यःमरी प्रदर्शनमा राखिएको थियो, यसपटक ५० किलोको यःमरी प्रदर्शनमा राखिनेछ ।’ दबूका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए ।
धरानमा नेवार समुदायको बिशेष परिकारको रुपमा चिनिएको यःमरीको स्वाद लिन सकिनेछ ।
धरानमा टुबार्ग बियरको प्रायोजनमा पुष ९ देखि १२ गतेसम्म ४ दिने यःमरी सांस्कृतिक तथा पर्यटन उत्सव आयोजना हुने भएको हो । यो यःमरी उत्सव ८ औं हो । प उत्सवमा फ्रि वाइफाइ जोन, लिच्छवीकालीन चर्या नृत्य, नेवार सांस्कृतिक कार्यक्रम, बहुजातीय परिकारहरू, यःमरी एवं परम्परागत नेवार परिकारहरू, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति आकर्षणका रुपमा रहनेछन् ।
शताब्दी इतिहास बोकेको यमरी तथा नेवार परिकारको संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने सचिव अमृत श्रेष्ठले जानकारी दिए ।
नेपाली भाषामा य भनेको मनपर्ने र मरी भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकाले यसको नाम यःमरी राखिएको संस्कृतिविद् बताउँछन् । यःमरी पुन्ही वा यःमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व हो । नेवार संस्कृतिको संरक्षण,संअर्द्धन तथा प्रवर्द्द्न गर्दै नेपाली संस्कृतिको समृद्धिमा टेवा पुरयाउन कार्यक्रम आयोजना गरिएको दबूका सल्लाहकार सरला कायस्थले जानकारी दिइन् ।
यसपटक विशेष गरेर ४० जनालाई यःमरी बनाउने तालिम दिइएको र गुणस्तरमा ध्यान दिँदै गुणस्तरीय यःमरी चखाउने तयारी रहेको आयोजकको दावी छ । यमरी पुन्हीको पूर्वसन्ध्यामा सहभागिता जनाउनेहरुले ३० वटा स्टलमा राखिएका विभिन्न फरक–फरक परिकारहरुको अर्गानिक स्वादको मज्जा लिन पाउनुको साथै विशेष छुटमा यःमरी किन्न सक्ने आयोजकको भनाइ छ । अन्य बहुजातीय परिकारलाई पनि प्राथमिकता दिइने आयोजकले जनाएको छ । यसपटक ४० देखि ५० हजारसम्म पर्यटक भित्रयाउने आयोजकको लक्ष्य रहेकोे छ ।(समाचार सहयोगी: पूर्वकोशीन्युज)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५