• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

नेकपाको स्थायी कमिटी बैठकमा पाँच एजेण्डा प्रस्तुत


सुभाय् संवाददाताDecember 15, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं, मंसिर २९ । आज (आइतबार) देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा पाँचवटा एजेण्डा प्रस्तुत भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा पाँच वटा एजेण्डा प्रस्तुत गरिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।

१६ पृष्ठ र सात वटा शीर्षक रहेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचनको समिक्षा, पार्टीको भावी कार्य योजनालगायतका विषय समेटिएका छन् ।

दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा नियमित स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउन नसकेको प्रति आत्मालोचना गरिएको छ ।

यस्तै, महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । प्रस्तुत विधान संशोधन प्रस्तावमा यसअघि सचिवालयले गरेका सम्पुर्ण निर्णय अनुमोदन प्रस्तावलगायतका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण स्वास्थ्यलाभको कामना प्रस्ताव पारित गरिएको छ । यस्तै, स्थायी कमिटी बैठकमा नेपाल–भारत सिमा सम्बन्ध,आगामी केन्द्रीय समिति बैठक र विविध गरी पाँच एजेण्डा प्रस्तुत गरिएको छ ।

प्रस्तुत एजेण्डामाथी भोलीदेखि छलफल हुनेछ । स्थायी कमिटी सदस्यहरुले प्रस्तुत एजेण्डामाथी आफ्नो धारणा राख्नेछन् । बैठक भोलि (सोमबार) बिहान ११ बजे पुनःबस्नेछ ।

अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रत्येक तीन–तीन महिनामा स्थायी कमिटी बैठक बस्ने र प्रत्येक छ–छ महिनामा केन्द्रीय समिति बैठक बस्ने प्रस्ताव गरिएको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

यसअघि एक वर्ष अघि अर्थात अघिल्लो वर्ष मंसिर २९ गते स्थायी कमिटी बैठक बसेको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि सपथ ग्रहण बाहेक एक पटकपनि केन्द्रीय समिति बैठक बस्न सकेको छैन् ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑