काठ्माडौं/काठ्माडौं नगरपालिकाका प्रथम जननिर्वाचित मेयर (सभापति) जनकमान श्रेष्ठ आज मंसीर २७ गते बिहान निधन भएको खबर छ । स्व. जनकमान श्रेष्ठको पारिवारका अनुसार उहाँ लिभर क्यान्सर रोगले पीडीत रहेको बताएको छ । गत मंसीर ८ गते ९३ वर्षमा प्रवेश गर्नुभएका उहाँ घरमै बसेर उपचार गर्दै आउनु भएको थियो । ।स्वर्गीय श्रेष्ठको अन्तेष्टी पशुपति पशुपती आर्यघाटमा गरिएको छ ।
२००८ सालमा तत्कालिन काठ्माडौं नगरपालिका ऐन जारी भ इसकेपछि संरचनागत व्यवस्था भएको थियो । सोहि ऐनको आधारयमा २०१० साल भाद्र १० गते नगरपालिकाया चुनाव सम्पन्न भएको थियो भने तत्कालिन व्यवस्था अनुसार उहाँ त्यहाँको मेयर निर्वाचित हुनुभएको थियो ।
स्वर्गीय श्रेष्ठको निधनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ मृतकको आत्मा शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५